IME Life New

कर्जाको साँवा र ब्याजबापतको रकम भुक्तान गर्न सिवाइसी नेपाल लघुवित्तको आग्रह, ब्याजमा १५% छुट दिने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी ग्राहकलाई कम्पनीमा बुझाउनुपर्ने कर्जाको साँवा र ब्याजबापतको रकम भुक्तान गर्न आग्रह गरेको छ।

Esewa
Crest

संस्थाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। संस्थाले पुस मसान्तभित्र कर्जा लिएको शाखा कार्यालयहरुमा सम्पर्क गरी ६ महिनाभन्दा बढी समय नियमित नभएको साँवा र ब्याज रकम बुझाउन आग्रह गरेको छ। तोकिएको अवधिमा कर्जाको साँवा र ब्याज बुझाएमा बाँकी ब्याजमा १५ प्रतिशत छुट दिने संस्थाले जनाएको छ।

विभिन्न उद्देश्यमा कर्जा लिएका ग्राहकले कर्जा नियमितता नगरी शाखा कार्यालयमा सम्पर्कविहीन भई कर्जा लिँदाको समयमा गरिएको सम्झौता बेवास्ता गरी किस्ताको म्याद नाघेको हुनोले संस्थाले त्यस्ता ऋणीहरुका लागि ब्याज छुटको सुविधा ल्याएको हो।

उक्त समयभित्र बुझाउनुपर्ने कर्जाको साँवा तथा व्याज भुक्तान गर्न नआएमा, वास्तविक समस्यासहित शाखा कार्यालयको सम्पर्कमा नआएमा कर्जा असुलीका लागि कानुनी प्रक्रिया अगाडि बढाइने संस्थाले चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS