IME Life New

करको दरमा मनपरी गर्न नपाएकाहरु मसँग रिसाए मन्त्री महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। करको दरमा मनपरी गर्न नपाएर केहि व्यावसायीहरु रिसाएका अर्थ मन्त्री प्रकाशशरण महतले बताएका छन्। आर्थिक मिडिया सोसाइटी नेपाललले गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले रिसाएका व्यावसायीहरुले हिलो छ्याप्ने काम गरेको बताएका हुन्।

आफूमाथी लागेको आरोपको पुष्टि गर्न मन्त्री महतले चुनौति दिए। मन्त्री महतले भने ‘म सबैसामू चुनौति दिन चाहान्छु आरोपको पुष्टी गर्न सबै राजस्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरी राजस्वको दर टुङग्याइएको छ, कसैको प्रभाव छैन।’ बजेट अघि मन्त्रालयमा प्रवेश नै नदिएका व्यक्तिहरु रिसाएका मन्त्री महतले बताए।

Esewa
Crest

संसदिय क्षेत्र विकास कार्यक्रम हो। यसलाई कोष भन्नु नमिल्ने मन्त्री महतको भनाई छ । यसमा सम्बन्धित सासंदको सुझाव मात्रै हुन्छ। सासंदले सिफारिष मात्रै गर्ने हो। यो पुँजिगत खर्च हो। सासंदहरुले आफू खुशि गर्ने होइनन। उनीहरुको रोल कार्यक्रम छनोट मात्रै हो। यसलाई विवादित बनाउनु पर्ने कुनै कारण नरहेको मन्त्री मतहले बताए।

मन्त्री महतले भने ‘बजेटको कार्यान्वयन पक्षमा सबैले प्रश्न गरेका छन्। यो प्रश्न मैले पनि गर्ने गरेको छु। बजेटको आलोचना हुन सक्छ। तर हामी सुधारको कार्याक्रम लागू गर्छौं।’ मन्त्री महतले थपे ‘हाम्रो इच्छा त आन्तरिक ऋण कम लिगौं भन्ने हुन्छ। हामी जुन डेडिकेसनमा काम गरिरहेका छौं। बजेटले लिएको लक्ष्य पुरा गर्न सकिन्छ।’

राजस्वको टिप्पणी गर्दा सुरुमा बजेट राम्रो हुने र करको दर हेर्दा अप्ठ्यारोमा परेका छन् भन्ने विषय छ। निजी क्षेत्रको स्वदेशी उद्योग जोगाउन भनि माग गरेका छन्। हामीले कम्तिमा तयारी वस्तु र कच्चा पदार्थमा एक तहको सुविधा दिइएको छ।
जुन लक्ष्यको साथ भ्याट लगाइएको छ। यसलाई वैज्ञानिक बनाउँदै जानु पर्ने अवस्था छ। हवाई यातायात चढ्नीलाई भ्याट लाग्यो । विदेशमा ठूला कम्पनीले पनि धेरै कर लगाएका छन्। भ्याटलाई वैज्ञानिक बनाउन प्रयास गरिएको मन्त्री महतले बताए।

‘म चुनौति दिएर भन्छु टुडिखेलमै गएर भन्न सक्छु निश्चित समुहले फाइदा लिएका थिए। अहिले लिन नपाएको हुन सक्छ। मन्त्री महतले भने म चुनौति दिएर भन्न चाहान्छु। इमान्दार इमान्दारी भएर काम गरेको छु। यति काम गर्दा पनि हिलो झ्याप्ने काम गरिन्छ भने इमान्दार मान्छेको काम छैन।’

आयातमा रमाइरहेका व्यापारीहरु बढि रिसाएका मन्त्री मतहले बताए। ‘विद्युतिय गाडीमा सामान्य हेरफेर गरिएको छ। लजिकल प्रोग्रेसन गरिएको छ। धेरै कुरा आएका थिए। नत मैले इभी वालाको सुने नत पेट्रोलियमको पनि कुरा आएका थिए। मैले चाहिने कुरा मात्रै सुने ।’

‘बैंकको करको विषयमा महालेखाले बेरुजू लेख्यो । यसको गलत बुझाई छ। यो उठाउनु पर्ने किन नउठाएको भनि कानुनी प्रश्न गरेको छ। यसमा गर्नुपर्ने विषयमा पनि छन्। मैले केही नगर्या भएपनि उठाउनु पर्छ। कानुनको अन्तिम व्याख्य गर्ने अधिकार सर्वोच्च अदालतको हो। सेयर बजारको विषयमा साना र सोझा लगानीकर्ताहरुलाई फसाएर ठूला लगानीकर्ताले लाभ लिएको मन्त्री महतले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS