IME Life New

कम्पनीहरुलाई बीमाप्रतिको जनविश्वास बढ्नेगरी काम गर्न मुख्यमन्त्री पाण्डेको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाप्रति आम जनमानिसले विश्वास बढ्ने गरी काम गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आग्रह गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणले गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग गरेको बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बीमाको दायरा विस्तारका लागि हरेक नागरिकलाई बीमा किन गर्ने र बीमाबाट के कस्तो फाइदा हुन्छ भन्ने बारेमा बुझाउनु आवश्यक भएको समेत  बताए ।

Esewa
Crest

स्थानीयस्तरमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले भने, “बीमा गरेपछि समयमा नै दाबी भुक्तानी पाउनुपर्छ, बीमा कम्पनीबाट दाबी भुक्तानी नपाएर पीडित भएका गुनासाहरू आउने गरेका छन्, त्यस्तो हुनुभएन, बीमाप्रतिको विश्वास बढ्नेगरी कार्य गर्नुपर्छ ।”

सबै बीमा कम्पनीहरुले समयमा क्लेम दिएर बीमितहरुको गुनासोलाई पनि सम्बोधन गरेमा मात्रै बीमा प्रतिको विश्वास बढ्ने उनको भनाई छ । बीमा कम्पनीप्रति विश्वास बढ्दै गएमा बीमाको पहुँच पनि विस्तार हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS