IME Life New

कम्पनीले अब कर्मचारीलाई तलबको सट्टामा शेयर प्रदान गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब कम्पनीहरुले कर्मचारीलाई तलबको सट्टामा शेयर प्रदान गर्न सक्नेछन्। सरकारले कम्पनी ऐन, २०६३ मा संशोधन गर्दै कम्पनीहरुलाई यो सुविधा प्रदान गरेको हो।

ऐनको दफा १८ को उपदफा (३घ)मा संशोधन गर्दै कम्पनी र कर्मचारीको लिखित सम्झौता भएमा कर्मचारीलाई प्रदान गरिने पारिश्रमिक, भत्ता र सुविधाको सट्टामा शेयर प्रदान गर्न सकिनेछ।

Esewa
Crest

यसैगरी (३ङ) उपदफा (२)को खण्ड (क)मा उल्लेख भएबमोजिम संस्थापक वा अन्य कुनै व्यक्तिलाई नगदबाहेक अरु कुनै किसिमबाट शेयर प्रदान गर्न कम्पनीको चुक्तापुँजीको २० प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ। तर स्टार्टअप उद्यमका रुपमा दर्ता भएको कम्पनीको हकमा कम्पनीको चुक्तापुँजीको ४० प्रतिशतभन्दा बढी हुने नहुने प्रावधान ल्याइएको छ।

‘तर, सञ्चालनमा आइसकेको कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुँदा कारोबार गर्ने स्वीकृति आवश्यक पर्ने छैन’, ऐनमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS