IME Life New

कम्पनीको वित्तीय स्थिति हेरेर मात्र लगानी गरौँ, हल्लाको पछि नलागौँः सेबोन अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष महेश बरालले कम्पनीको वास्तविक वित्तीय स्थिति हेरेरमात्र शेयरमा लगानी गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबार बसेको बैठकमा शेयर बजारबारे जानकारी गराउँदै सेबोन अध्यक्ष बरालले यस्तो आग्रह गरेका हुन्। ‘हल्लाको पछि लाग्न हुँदैन, लगानी डुब्ने अवस्था सिर्जना हुन सक्छ’, उनले भने।

Esewa
Crest

अध्यक्ष बरालले कम्पनीको शेयरमूल्य सम्बन्धित संस्थाको वित्तीय कारोबार र प्रतिफलबाट निर्धारण हुने बताए। ‘तर, पछिल्लो समय हल्लाले बजारमूल्य निर्धारण भइरहेको छ’, उनले भने।

वित्तीय ज्ञान नभएर पनि शेयर बजारको अस्थिरता भइरहेको बरालले स्पष्ट पारे। ‘देशका सबै क्षेत्रमा पुँजीबजारसम्बन्धी ज्ञान, अनुभव र शिक्षा पुर्याउन सकिएको छैन’, उनले भने, ‘यसैको फाइदा उठाउँदै टाठाबाठाले बजारमा चलखेल गरिरहेका छन्।’

शेयरको भित्री कारोबार क्लब हाउसलगायतका डिजिटल माध्यमबाट भएको रहेको पाइएको बरालले बताए। ‘अर्कोतर्फ बजार चलिरहेको समयमा राजनीतिज्ञहरुले पनि संयमित भएर बोल्नुपर्ने अवस्था मैले देखेको छु’, उनले भने।

अध्यक्ष बरालले सेबोनले पुँजीबजारसम्बन्धी सूचना तथा जानकारी सार्वजनिक गरिरहेको दाबी पनि गरे। ‘तर, मिडियामा आएका समाचार र हल्लाको भरमा लगानीकर्ता बजारमा लागेका छन्, यो जोखिमपूर्ण हुन सक्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS