IME Life New

कनेक्ट आइपीएसको रिफर अ फ्रेन्ड २.० अफर अन्तर्गत ५० रुपैयाँसम्म फिर्ता पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । कनेक्ट आइपीएसको रिफर अ फ्रेन्ड २.० अफर अन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् । उक्त अफर अन्तर्गत २०८०, असार ५ गते देखि असार ३१ गतेसम्म रिफ्रिले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफेरिएरले २५ र रिफ्रिले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

अफरको फाइदा लिन रिफेरिएरले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफेरिएर कोड दिनुपर्ने हुन्छ । रिफ्रीले भने कनेक्ट आइपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफेरिएर कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात रिफेरिएरले २५ रुपैयाँमा आफ्नो बैंक खातामा र रिफ्रिले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ । रिफेरिएरले आफ्नो रिफेरिएर कोड सँगै लिन्क पनि शेयर गर्न सक्नेछ र रिफ्रीले उक्त लिंक क्लिक गरी कनेक्ट आइपीएस वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ ।
रिफ्रिको लिंक गरिएको खाता भेरिफाई भए पश्चात मात्र रिफेरिएर रकम खातामा प्राप्त हुने हुँदा रिफ्री ले अफर अवधि भित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ ।

Esewa
Crest

कनेक्ट आइपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आइपीएस को वेब मार्फत प्रति कारोबार २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ । कनेक्ट आइपीएस मार्फत चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत ३,६२६ अर्ब बराबरको ४ करोड ५० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छौट भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS