IME Life New

कजारिया रमेश टायल्सले धनगढीमा खोल्यो ग्यालेक्सी शोरुम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनगढी । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन गरेकोछ। यो अत्याधुनिक शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमका रुपमा रहेको छ। जसले ग्राहकको विविध आवश्यकता पूरा गर्न यस शोरुममा उत्कृष्ट कजारिया रमेश टायल्सहरुको अद्वितीय संग्रह प्रदान गर्दछ।

स्वस्ति वाचनमार्फत सुरुआत गरिएको औपचारिक कार्यक्रममा गौरी शंकर राठी र महालक्ष्मीदेवी राठीले दीप प्रज्ज्वलन गरेका थिए। कार्यक्रममा सुरेन्द्र राठीले नयाँ कार्यको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए।

Esewa
Crest

समारोहमा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल, कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र धनगढी–४ का वडाअध्यक्ष बुद्धिबहादुर खड्कासहित सर्वसाधारण, उद्योग–व्यवसायी, र स्थानीय व्यक्तित्वको उपस्थिति थियो। जसले धनगढीको व्यावसायिक क्षेत्रमा यस महत्वपूर्ण योगदानका लागि कम्पनीलाई हौसला प्रदान गरे।

धनगढीको मुख्यसडकमा अवस्थित २ हजार ५०० वर्गमिटरको राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुम आधुनिक डिजाइनका टायल्सहरुका लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यस शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्नुका साथै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक अग्रवालले भने, ‘राठी इन्टरप्राइजेजद्वारा सञ्चालित धनगढीमा कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन पश्चिम नेपालका ग्राहकलाई उच्चतम गुणस्तरका टायलहरु उपलब्ध गराउने प्रतिबद्धताको प्रमाण हो। यस शोरुमले हाम्रो उत्कृष्टताप्रतिको समर्पण र टायल किनमेलको अनुभवलाई पुनःपरिभाषित गर्ने हाम्रो दृष्टिकोणलाई प्रतिविम्बित गर्दछ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS