IME Life New

कजारिया टायल्सको ‘म्यासन मिट’मा डेढ सय बढी राजमिस्त्रीको सहभागिता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सबैभन्दा ठूलो साथै भारतको नम्बर वान टायल्स कजारिया टायल्सले हालै काठमाडौंमा ‘म्यासन मिट–२०२४’ सम्पन्न गरेको छ।

१५० जनाभन्दा बढी राजमिस्त्री सहभागी रहेको मिटमा भारतबाट समेत प्रशिक्षक ल्याइ नेपाली प्राविधिकहरुसँग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल गराइएको थियो। म्यासन मिटको उद्धेश्य राजमिस्त्रीहरुलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाका बारेमा छलफल गर्ने रहेको थियो। मिटमा कजारिया ब्रान्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यकोसमेत जानकारी दिइएको थियो।

Esewa
Crest

कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरुलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी यो कार्यक्रमको आयोजना गरेको हो। अर्थतन्त्रलाई मजबुत बनाउनका लागि राजमिस्त्रीको उल्लेखनीय भूमिका रहेकोले सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तरक्रिया कार्य प्रति यस काजरिया रमेश टायल्स सधै नै सजक रहेको छ। तसर्थ काठमाडौंबाट सुरु भएको यो म्यासन मिट छिट्टै नै देशका कम्तीमा पनि १६ ठाउँमा समेत गरिँदैछ।

कार्यक्रमलाई सम्बोधन गर्दै काजरिया रमेश टायल्सका कन्ट्री हेडप्रवीन सिंहले भने, ‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामग्रीको छनोटका साथ–साथै दक्ष जनशक्तिको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका रहन्छ।’ काजरिया रमेश टायल्स नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्सको संयुक्त लगानीमा २ वर्ष अगाडि नवलपरासीमा खुलिएको कम्पनी हो। कजारिया रमेश टायल्स नेपालको एक मात्र ठूलो सिरामिक र भिट्रिफाइड टायल निर्माता कम्पनी हो। गुणस्तर र नवप्रवर्तनमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ, काजरिया रमेश टायल्स विश्वस्तरीय उत्पादनहरु प्रदान गर्न प्रतिबद्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS