IME Life New

ओमान र नेपालबीच पर्यटन प्रवर्द्धन गर्न समझदारी पत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओमान र नेपालले पर्यटन प्रवर्द्धन गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारी पत्रमा हस्ताक्षर गर्नुको उद्देश्य विकासको लागि लगानी, पूर्वाधार र होटल व्यवस्थापन विशेषज्ञता बढाउनु हो।

ओमानको सल्तनत(राजा) ले आफ्नो सम्पदा तथा पर्यटन मन्त्रालय मार्फत र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधित्वमा बुधबार ओमानको राजधानी मस्कटमा एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेर पर्यटन सम्बन्धलाई सुदृढ पार्ने प्रतिबद्धतालाई औपचारिकता प्रदान गरिएको हो। यो सम्झौताले पर्यटन क्षेत्रमा सहकार्य बढाउने दुबै राष्ट्रहरूको साझा मनसायलाई प्रतिबिम्बित गरेको छ।

Esewa
Crest

ओमानका सम्पदा तथा पर्यटन मन्त्री सलिम बिन मोहम्मद अल महरोकी र नेपालका परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आ-आफ्नो सरकारको प्रतिनिधित्व गर्दै समझदारी पत्रमा आधिकारिक रूपमा हस्ताक्षर गरेका छन्।

यस साझेदारी अन्तर्गत, दुबै देशले पर्यटनका विभिन्न पक्षहरूमा द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेका छन् । यस अन्तर्गत पर्यटनमा लगानी प्रवर्द्धन गर्ने, होटल निर्माण गर्ने, पर्यटन पूर्वाधारलाई अगाडि बढाउने र पर्यटन अनुभव र आर्थिक वृद्धिलाई सघाउन होटल व्यवस्थापनमा अनुभव बाँडफाँड गर्ने समावेश छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS