IME Life New

एसोसिएट्सबाट महासंघ केन्द्रिय सदस्यमा देशबन्धु वस्नेतको उम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युवा उद्यमी देशबन्धु वस्नेत (अजित)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् । हाल महासंघको केन्द्रिय सदस्य एवं द्धिराष्ट्रिय तथा एनआरएन फोरमका सभापति रहेका वस्नेतले आफ्नो अनुभवलाई आत्मसात गर्दै महासंघमा युवाको प्रतिनिधित्वको नयाँ आयाम थप्नका लागि पुन :एसोसिएट तर्फबाट सदस्य पदमा उम्मेदवारी दिएको जानकारी दिएका छन् ।

नेपालमा पर्यटन र होटल व्यवसायमा आफ्नो लगानीलाई विस्तार गरेका युवा उद्यमी वस्नेतले वैदेशिक लगानी भित्र्याउन अहम भुमिका निर्वाह गर्दै आएका छन् । उनले द्धिराष्ट्रिय तथा एनआरएन फोरमको सभापति भएर काम गर्दा महासंघ इतिहासमै पहिलो पटक द्धिराष्ट्रिय संघका नेपालस्थित वाणिज्य दूतहरुलाई महासंघमा ल्याएर नेपालमा लगानीको सम्भावना बारे छलफल गराएका थिए भने गैर आवासीय नेपालीको लगानी भित्र्याउन समेत सम्बन्धित देशका प्रतिनिधिसँग छलफल गरेका थिए ।

Esewa
Crest

“सक्षम निजी क्षेत्र समृद्व अर्थतन्त्र” को नारालाई अघि बढाएका उनले महासंघभित्र एसोसिएट्स सदस्यहरुको हकहित तथा उनीहरुबीच अन्तरसम्बादलाई थप दरिलो बनाउन सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन् । ‘अहिलेको अवस्थामा देशभर रहेका सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटका समस्या र मुद्दालाई महासंघमा बहसको रुपमा स्थान प्रदान गरी तार्किक निष्कर्ष पुर्याउनुपर्ने आवश्यक छ,’ उनले भने, ‘विभिन्न ४० भन्दा बढी क्षेत्रमा रहेका सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटलाई क्षेत्रगत समुहमा संगठित गरी विषय विज्ञसँग परामर्शमा व्यावसायिक हित र संरक्षण गर्न विशेष योजना तथा कार्यक्रमलाई अगाडी बढाउनेछु ।’

अहिलेको आर्थिक मन्दी तथा उच्च बैंक ब्याजदरका कारण अहिले धेरै उद्योगी व्यवसायीहरु मारमा परेको भन्दै आफु निर्वाचित भएर गएसँगै राष्ट्र बैंक र सरकारसँग वार्ताको टेवुलमा बसेर तत्काल समस्या समाधान गर्ने बताए । ‘अहिले अवस्थामा हाम्रो उद्योग व्यवसाय टिकाउनका लागि कर्जाको ब्याजदर तत्काल एकल अंकलमा ल्याउनुपर्छ,’ उनले भने, ‘यस्तै राष्ट्र बैंकको अब्यवहारिक नीतिका कारण बैंकहरुले आधारदरमा ६ प्रतशितसम्म प्रिमिय जोड्दै आएका छन् यसलाई बढीमा २ प्रतिशत कायम गरिनुपर्छ ।’

यस्तै उनले सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटले महासंघमा आर्थिक रुपमा हेर्ने हो भनी ७० प्रतिशत हिस्सा ओगटेका जानकारी दिँदै सोही अनुरुप महासंघमा आपन्त्व र अधिकार प्रदान गर्नका लागि ‘एसोसिएटसँग महासंघ कार्यक्रमलाई अगाडी बढाईने समेत उनले बताए । सार्वजनिक र निजी क्षेत्रका एसोसिएटको आत्मसम्मानलाई उजागर गर्दै नेतृत्व गर्न तयार बनाउनका लागि गोष्ठी, लगानी मैत्री वातावरण तथा सरकारसँग व्यवसायीका समस्या राखेर समाधान गर्न सक्ने सक्षम महासंघ आजको आवश्कयता रहेको उनले जानकारी दिए ।

यस्तै आफु महासंघको नेतृत्वमा पुगेपछि निजीक्षेत्रमैत्री वातावरण तयारका साथै सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटलाई प्रदेश जिल्ला नगर र क्षेत्रगत रुपमा एकीकृत गरी नीति निर्माण तहमा पुर्याउन समन्वय गर्ने समेत उनले जानकारी दिए । साथै अहिले आर्थिक संकटबाट गुज्रिएको अवस्थालाई सरकार सहकारी र निजी क्षेत्र गरी राष्ट्रको ३ खम्बे अर्थनीतिमा निजी क्षेत्रको महत्व र भुमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको समेत उनको तर्क छ । सवल नेतृत्व सक्षम निजी क्षेत्र बनाउन महासंघको आसन्न निर्वाचनमा आफुलाई मतदान गरी निर्वाचित गराउन समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS