IME Life New

एसिया प्रशान्त क्षेत्रमा साइबर इन्स्योरेन्स बजारको नेतृत्व गर्दै अस्ट्रेलिया र जापान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशान्त क्षेत्रमा साइबर हमलासँग लड्न बीमा कम्पनीहरुले तीव्रगतिमा डिजिटल रुपान्तरण बढावा दिन थालेका छन्। अर्कोतर्फ यो क्षेत्रमा साइबर इन्स्योरेन्स बजारको नेतृत्व भने अस्ट्रेलिया र जापानले गरिरहेका छन्।

उच्च प्रोफाइलका साइबर हमला र कडा नियामकीय निगरानीका कारण अस्ट्रेलियाको साइबर इन्स्योरेन्स बजार तीव्र रुपमा विस्तार भइरहेको ग्यालेगर रिले जनाएको छ। सन् २०१८ मा नोटिफाइएबल डाटा ब्रिचेज (एनडीबी) स्किम ल्याएसँगै अस्ट्रेलियाको बीमा बजार विस्तारमा थप टेवा पुगेको छ।

Esewa
Crest

उता जापानको बीमा बजार उच्चस्तरको रहेको छ। नियामकीय फ्रेमवर्कले पनि जापानको बीमा बजारले एसिया प्रशान्त क्षेत्रमा मुख्य भूमिका निभाइरहेको छ। ‘यसको मुख्य श्रेय पूर्ण रुपमा साइबर इन्स्योरेन्सलाई जान्छ’, ग्यालेगर रिले भनेको छ।

साइबर इन्स्योरेन्समा चीन र भारत उदयीमान बजारका रुपमा विकसित भइरहेका छन्। चीनको साइबर इन्स्योरेन्स बजार बढ्नुमा सरकारको ध्यान मुख्य गरी साइबर सुरक्षा र बढ्दो साइबर हमालका घट्नलाई नियन्त्रण गर्नु नै रहेको छ। भारतको साइबर इन्स्योरेन्स बजार बढ्नुमा भने बढ्दो साइबर जोखिम र नियामकीय प्रावधानमा परिमार्जन मुख्य कारण रहेको छ। डिजिटल रुपान्तरण र जनचेतना फैलाउने कामले तीव्रता पाउँदा पनि भारतमा साइबर इन्स्योरेन्सको बजार विस्तारले गति पाइरहेको छ।

एसिया प्रशान्त क्षेत्रमा वार्षिक ५० प्रतिशतका दरले साइबर इन्स्योरेन्सको माग बढिरहेको छ। वैश्विक बजारको तुलनामा भने ७ प्रतिशत मात्र बढेको देखिन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS