IME Life New

एसिया प्रशान्त क्षेत्रका उदयीमान बजारमा साइबर इन्स्योरेन्सको मागमा उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशान्त क्षेत्रका उदयीमान बजारमा साइबर इन्स्योरेन्सको माग उल्लेख्य रुपमा बढेको छ।

डिजिटल रुपान्तरणका कारण थाइल्यान्ड, मलेसिया, भेतनाम, इन्डोनेसिय, फिलिपिन्सजस्ता देशका उदीयमान बजारमा साइबर इन्स्योरेन्सको माग पनि बढिरहेको ग्यालेगर रिले जनाएको छ। एसिया प्रशान्त क्षेत्रमा साइबर इन्स्योरेन्सको बजार वार्षिक करिब ५० प्रतिशतले बढिरहेको छ भने वैश्विक हिसाबले ७ प्रतिशतले बढेको छ।

Esewa
Crest

एसिया प्रशान्त क्षेत्रमा साइबर इन्स्योरेन्सको माग बढे पनि अन्य क्षेत्रको तुलनामा उल्लेख्य रुपमा विस्तार हुन नसकेको ग्यालेगर रिले जनाएको छ। वर्ष २०२२ सम्म अमेरिकामा साइबर इन्स्योरेन्सको मूल्य जीडीपीको तुलनामा ०.०३५३ प्रतिशत रहेको छ भने एसिया प्रशान्त क्षेत्रमा भने औसत ०.००२५ प्रतिशत मात्रै रहेको छ। जुन १४ गुणाले कम हो।

एसिया प्रशान्त क्षेत्रका ठूला अर्थतन्त्र चीन र भारतमा भने साइबर इन्स्योरेन्सको दायरा बढाउन सक्ने ग्यालेगर रिले उल्लेख गरेको छ। चीन र सिंगापुरजस्ता देशमा भने नियामकीय प्रावधानहरुमा भएको सुधारले भविष्यमा साइबर इन्स्योरेन्सको माग बढ्ने अनुमान गरिएको छ। ती देशमा डाटा सुरक्षा कानुनले बीमकहरुलाई उत्कृष्ट साइबर इन्स्योरेन्स कभरेज ल्याउने नियम बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS