IME Life New

एसएमई प्लेटफर्म सञ्चालनको बाटो खुल्यो, साना कम्पनीको शेयर कारोबार छुट्टै इन्डेक्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना तथा मझौला कम्पनीहरुको शेयर छुट्टै इन्डेक्स (एसएमई प्लेटफर्म)मा कारोबार गर्ने प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ।

हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)को एउटै इन्डेक्समा ठूला–साना सबै प्रकारका कम्पनीको शेयर कारोबार हुँदै आएको छ। अब भने साना कम्पनीहरुलाई अलग्याएर छुट्टै प्लेटफर्ममा कारोबार गर्ने प्रक्रिया अगाडि बढाउने बाटो खुलेको हो।

Esewa
Crest

मन्त्रिपरिषदको गत शुक्रबार बसेको बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिएको छ। योसँगै अब धितोपत्र बोर्डले नियमावलीमा तोकिएझैँ साना तथा मझौला कम्पनीहरुको शेयर निष्कासन तथा कारोबारका लागि छुट्टै इन्डेक्स सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाउनेछ।

करिब डेढ वर्षअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना तथा मझौता कम्पनी (एसएमई)को धितोपत्र कारोबारसम्बन्धी नियमावलीको मस्यौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। केही दिनअघि मात्रै मन्त्रालयले उक्त मस्यौदा पारित गरेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरेको थियो।

एसएमई प्लेटफर्म सञ्चालनपछि साना कम्पनीहरुलाई पुँजी जुटाउन र व्यवसाय बढाउन सहज धितोपत्र बोर्डको अवधारणा छ। यसले थोरै पुँजी भएका कम्पनीहरुलाई बजारमा आउन बाटो खुला हुनेछ।

हाल कम्पनीहरुलाई जारी पुँजीको अधिकतम ३९ प्रतिशत र न्यूनतम १० प्रतिशत साधारण शेयर (आइपीओ) ल्याउन पाउने प्रावधान छ। नियमावलीमा अधिकतम २५ करोड रुपैयाँ चुक्तापुँजी भएका कम्पनी दर्ता गर्न मिल्ने र त्यस्ता कम्पनीले अधिकतम ४९ प्रतिशतदेखि न्यूनतम ३० प्रतिशतसम्म आइपीओ ल्याउनुपर्ने प्रावधान छ।

नियमावलीमा साना कम्पनीहरुलाई आइपीओ ल्याउन थप सहज व्यवस्था गरिएको छ। एसएमई प्लेटफर्ममा दर्ता भएका कम्पनीहरुले आइपीओ ल्याउन रेटिङ गर्न अनिवार्य गरिएको छैन भने प्रिमियममा आइपीओ ल्याउन पाउने प्रावधान राखिएको छ।

एसएमई प्लेटफर्ममा दर्ता भएका कम्पनीहरुका संस्थापकहरुले शेयर आइपीओ बाँडफाँटको मितिले ५ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रस्ताव नियमावलीमा गरिएको छ। यद्यपि, पीईभीसी, हेज फन्ड, धितोपत्र बोर्डमा दर्ता भएका त्यस्तै प्रकृतिका कोष वा विदेशमा दर्ता भएका कम्पनीका संस्थापकहरुले भने आइपीओ बाँडफाँटको मितिले १ वर्षपछि शेयर बिक्री गर्न पाउने व्यवस्था नियमावलीमा गरिएको छ।

एसएमई प्लेटफर्म सञ्चालनमा आए शेयर बजारमा हाल देखिने गरेको अस्वभाविक तीव्र उतारचढाव पनि नियन्त्रण हुने बजार जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS