IME Life New

एसएमईसम्बन्धी नियमावली लागू, कार्यान्वयन गर्न नेप्से र सीडीएससीलाई सेबोनको पत्राचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ आज पुस ३ गतेबाट लागू गरेको छ।

सेबोनले एक सूचना जारी उक्त नियमावली लागू गरिएको जानकारी गराएको हो। यसका साथै नियमावली कार्यान्वयन गर्न सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीलाई पनि पत्राचार गरेको छ। योसँगै अब साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार प्रणाली विकास गर्न नेप्से र सीडीएससीले प्रक्रिया अगाडि बढाउनेछन्।

Esewa
Crest

यसअघि पुस ५ गते शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त नियमावली, २०८१ स्वीकृत गरेको थियो। करिब डेढ वर्षअघि सेबोनले यो नियमावलीको मस्यौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो।

हाल नेप्सेको एउटै इन्डेक्समा ठूला-साना सबै प्रकारका कम्पनीको शेयर कारोबार हुँदै आएको छ। अब भने साना कम्पनीहरुलाई अलग्याएर छुट्टै प्लेटफर्ममा कारोबार गर्ने प्रक्रिया अगाडि बढाउने बाटो खुलेको हो।

नियमावली लागू भएसँगै सेबोनले नियमावलीमा तोकिएझैँ साना तथा मझौला कम्पनीहरुको शेयर निष्कासन तथा कारोबारका लागि छुट्टै इन्डेक्स सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको हो।

एसएमई प्लेटफर्म सञ्चालनपछि साना कम्पनीहरुलाई पुँजी जुटाउन र व्यवसाय बढाउन सहज सेबोनको अवधारणा छ। यसले थोरै पुँजी भएका कम्पनीहरुलाई बजारमा आउन बाटो खुला हुनेछ।

हाल कम्पनीहरुलाई जारी पुँजीको अधिकतम ३९ प्रतिशत र न्यूनतम १० प्रतिशत साधारण शेयर (आइपीओ) ल्याउन पाउने प्रावधान छ। नियमावलीमा अधिकतम २५ करोड रुपैयाँ चुक्तापुँजी भएका कम्पनी दर्ता गर्न मिल्ने र त्यस्ता कम्पनीले अधिकतम ४९ प्रतिशतदेखि न्यूनतम ३० प्रतिशतसम्म आइपीओ ल्याउनुपर्ने प्रावधान तोकिएको छ।

नियमावलीमा साना कम्पनीहरुलाई आइपीओ ल्याउन थप सहज व्यवस्था गरिएको छ। एसएमई प्लेटफर्ममा दर्ता भएका कम्पनीहरुले आइपीओ ल्याउन रेटिङ गर्न अनिवार्य गरिएको छैन भने प्रिमियममा आइपीओ ल्याउन पाउने प्रावधान राखिएको छ।

एसएमई प्लेटफर्ममा दर्ता भएका कम्पनीहरुका संस्थापकहरुले शेयर आइपीओ बाँडफाँटको मितिले ५ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रस्ताव नियमावलीमा गरिएको छ। यद्यपि, पीईभीसी, हेज फन्ड, धितोपत्र बोर्डमा दर्ता भएका त्यस्तै प्रकृतिका कोष वा विदेशमा दर्ता भएका कम्पनीका संस्थापकहरुले भने आइपीओ बाँडफाँटको मितिले १ वर्षपछि शेयर बिक्री गर्न पाउने व्यवस्था नियमावलीमा गरिएको छ। एसएमई प्लेटफर्म सञ्चालनमा आए शेयर बजारमा हाल देखिने गरेको अस्वभाविक तीव्र उतारचढाव पनि नियन्त्रण हुने बजार जानकारहरु बताउँछन्।

नेप्से स्रोतका अनुसार सेबोनको निर्देशनसँगै अब एसएमई प्लेटफर्म छुट्टै सञ्चालन गर्ने कि अहिलेकै इन्डेक्समा एउटा उपसमूह थपेर कारोबारको व्यवस्था गर्ने भन्ने विषयमा नेप्सेमा छलफल हुनेछ। ‘अहिले नेप्से उपसमूहमा १३ वटा समूह छन्, त्यसमा एसएमई समूह थपेर १४ वटा समूह बनाएर कारोबार गर्न पनि सकिन्छ’, स्रोतले भन्यो, ‘छुट्टै एसएमई इन्डेक्स चाहिन्छ भन्ने मलाई लाग्दैन।’

अब यस विषयमा छलफल गरेर एउटा निर्णय गरेर अगाडि बढिने नेप्से स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS