IME Life New

एशियाली बीमा सम्मेलन सम्पन्न, जलवायू परिवर्तनलाई अवसरमा बदल्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणको आयाेजनामा भएको तीन दिने एशियाली बीमा सम्मेलन शनिबार सम्पन्न भएको छ। एशियाका २० मुलुककाे बीमा नियामक, बीमक, पुनर्बीमक र वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे सम्मेलन जलवायू परिवर्तनले निम्त्याएको जाेखिम न्यूनीकरण गर्दै अवसर छाेप्नका लागी सहकार्य गर्ने प्रतिबद्धता  सहित सम्पन्न भएको हाे ।

समापन कार्यक्रमलाई सम्बाेधन गर्दै प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यक्रममा जलवायु परिवर्तनको प्रमुख मुद्दालाई सही ढंगले सम्बोधन गरिएको उल्लेख गर्दै भने, यसले चुनौती मात्रै होइन, बीमा क्षेत्रका लागि अवसर पनि सिर्जना गरेको हामीले थाहा पायौं। हामीले यो अवसरबाट फाइदा उठाउन सामूहिक रूपमा काम गर्न आवश्यक छ।
सम्मेलनले प्रविधि र डिजिटल समाधानहरू, जोखिम मोडलिङ उपकरणहरूको महत्त्व र यसले हामीलाई कसरी जोखिम व्यवस्थापन अभ्यासहरू र विवेकपूर्ण पर्यवेक्षणलाई सही रूपमा अवलम्बन गर्न सक्षम बनाउँछ भन्ने पक्षमा पनि जानकारी बाँड्न सहयाेगी भएकाेमा खुशी व्यक्त गरे ।

Esewa
Crest

उनले भने, कृषि बीमालाई विस्तार गर्न प्यारामेट्रिक बीमा नै उत्प्रेरक हो भन्ने कुरामा कुनै शंका छैन।कृषि बीमाकाे क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव कृषिमा निर्भर अर्थतन्त्र भएकाे मुलुकका लागी ज्यादै उपयाेगी हुनेछ ।

उनले थप्दै भने, भूकम्पको जाेखिम नियन्त्रणमा जापानको अनुभव र कुनै समय गरिब र संघर्षरत राष्ट्र अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा उभिएको हामी सबैका लागि ठूलो सिकाइ र प्रेरणा हो।

सम्मेलन एशियाली विकास बैंक, बीमा नियामक संघ, एक्सेस टु इन्स्याेरेन्स इनिसिएटिभकाे सहयाेगमा आयाेजना गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS