IME Life New

एशियन लाइफ १५औं वर्षमा प्रवेश, ३० अर्ब २४ करोड रुपैयाँको जीवन बीमा कोष बनाउन सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ फागुन १५ गते जीवन बीमा व्यवसायको लागि लाइसेन्स पाएको थियो । जीवन बीमा व्यवसायको लागि अनुमति पाए सँगै कम्पनीले २०६४ चैत २१ गतेदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । कम्पनीले १४ वर्षको अवधिमा जीवन बीमा कोषमा ३० अर्ब २४ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

आज भन्दा १४ वर्ष अगाडी २५ करोड २० लाख रुपैयाँ पूँजी लिएर स्थापना भएको एशियन लाइफले आजका दिनसम्ममा २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ बनाएको छ । जस मध्ये तीन पटक हकप्रद शेयर निष्काशन गरेर शेयरधनीहरु सँग एक अर्ब १८ करोड २४ लाख रुपैयाँ उठाएको छ । बाँकी एक अर्ब १० करोड रुपैयाँ बोनस शेयर मार्फत जुटाएको हो ।

Esewa
Crest

फागुन मसान्तसम्ममा कम्पनीले विभिन्न क्षेत्रमा ३२ अर्ब ४३ करोड रुपैयाँ लगानी गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले बीमित सँग ३३ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको छ । यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा मात्रै ४ अर्ब ५४ करोड रुपैयाँ संकलन गरिसकेको छ ।

कम्पनीले ६ लाख ३४ हजार वटा बीमालेख जारी गरेको छ । एशियन लाइफले नेपालभर १५१ वटा शाखा तथा उपशाखा मार्फत जीवन बीमाको सेवा प्रवाह गरिरकेको छ । जीवन बीमा क्षेत्रमै पहिलो पटक कम्पनीले सहायक कम्पनीको रुपमा एशियन क्यापिटल खोलेको छ ।

१५ औ वार्षिकोत्सवको अवसरमा कम्पनीले जीवन बीमा क्षेत्रमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्न सहयोग गर्ने बीमा समिति, बीमित, व्यवसायिक अभिकर्ता, नियमनकारी निकाय, कर्मचारी, शेयरधनी, संचालक समिति, व्यवसायिक साझेदारहरुले कम्पनी प्रति दर्शाउनु भएको अटुट विश्वास तथा सद्भाव प्रति कृतज्ञता व्यक्त गरेको छ । यहि अवधिमा कम्पनीले आगामी दिनमा अझ सुदृढ, सरल र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS