IME Life New

एशियन लाइफ इन्स्योरेन्सको सन्देशमूलक श्रव्य दृश्य सामाग्री सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धि सन्देशमूलक श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ। जीवन बीमाको लागि गरिने बचतले बीमावापतको सुरक्षाको प्रत्याभूति दिने मात्र नभएर आर्थिक सम्मुन्नति पनि सँगसँगै प्रदान गर्छ भन्ने सन्देश दिने प्रयास गरिएको छ।

केही वर्ष अघिमात्र साहूको वर्कशपमा जागिरे देव नाम गरेका मुख्य पात्र अहिले आफ्नै मोटरसाइकल वर्कशपका मालिक भएका छन्। उनले आफ्नो वर्कशपमा चार पाँच जना यूवालाई रोजगारी दिएका छन्। हरेक महिना तलब बाँडेपछि उनी आफ्ना सबै कामदारलाई जीवन बीमाको किस्ता रकम तिर्नको लागि अनिवार्यरुपमा बचत गर्न लगाउँछन्।

Esewa
Crest

आफ्नो नियमित आम्दानीबाट केही रकम जीवन बीमाको किस्ताको लागि छुट्याउनुपर्छ भन्ने शिक्षा उनले आफ्नो मालिकबाट पाएका हुन्। त्यही सिकोलाई उनले‌ आफ्नो वर्कशपमा कार्यरत कामदारलाई समेत पालन गर्न प्रेरित गरेको कथा चित्रण गरिएको छ।

जीवन बीमा सम्बन्धि प्रायस् श्रव्यदृश्य सामाग्री वा विज्ञापनहरुमा घरपरिवार, श्रीमान श्रीमतिलाई मुख्य विषयवस्तु श्रव्यदृश्य सामाग्री उत्पादन गरिंदै आएकोमा एशियन लाईफ इन्स्योरेन्सले‌ त्यस्तो प्रवृत्तिलाई तोड्दै फरक प्रसंग र पात्रहरुलाई जीवन बीमा सचेतनाको माध्यम बनाएको छ। साथै आर्थिक रुपमा सम्पन्नहरुबीच मात्र जीवन बीमाको प्रचारप्रसार केन्द्रित रहने गरेकोमा यो श्रव्यदृश्यले सामान्य आर्थिक पृष्ठभूमिका कामदार, ज्यालादारीका लागि पनि सामान्य आम्दानीबाट समेत बचत र जीवन बीमा गर्न संभव छ भन्ने सन्देश प्रवाह गरेको छ।

यो श्रव्यदृश्य सामाग्री कम्पनीको प्रचारभन्दा‌ पनि जीवन बीमाको महत्व बुझाउन केन्द्रित छ, एशियन लाईफ इन्स्योरेन्सले‌ भनेको छ, जीवन बीमाको लागि सबैलाई प्रेरित गर्नु हाम्रो मूल उद्देश्य हो।

https://www.facebook.com/watch/?v=2061844030660261

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS