IME Life New

एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट नाबालक बच्चाको अभिभावक ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमित नाबालक आराध्या शाहको प्रस्तावक रुमादेशी गुप्ता शाहको मृत्यु पछि अभिभावक ग्रहण गरेको । कम्पनीले एक वर्षकी आराध्याको पढाइ खर्च बापत १६ वर्ष हुञ्जेलसम्म मासिक तीन हजार रुपैयाँ दिने भएको छ ।

बीमितले भुक्तानी गर्नु पर्ने बीमा शुल्क पनि छुट दिइएको छ । बीमा अवधि समाप्ति पछि एकमुष्ट रुपमा बीमाङ्क रकम र अहिलेसम्म भुक्तानी गरिएको बीमा शुल्कले आर्जन गर्ने बोनस समेत पाउने जानकारी सहितको पत्र बीमितको अभिभावकलाई दिएको छ ।

Esewa
Crest

प्रस्तावक रुमादेवी गुप्ता शाहले आराध्या शाहको बिर्तामोड शाखाकाबाट बाल भविष्य बिमा योजना खरिद गरिदिएकी थिइन । प्रस्तावक गुप्ता शाहको भाईल मेनिगोएन्सेफलाईटिस रोगका कारण उपचारकै क्रममा २०७७ चैत ११ गते मृत्यु भएको थियो ।

कम्पनीले बीमित आराध्याको संरक्षक बुबा लक्ष्मी नारायण शाह अस्वस्थ रहेका कारण हजुरबुबा असर्फी शाहलाई उक्त जानकारी सहितको पत्र प्रदान गरेको छ । यसका साथै हालसम्म भुक्तान गर्नु पर्ने ५ महिनाको पढाई खर्च रकम १५ हजारको चेक पनि हस्तान्तरण गरिएको छ । कार्यक्रममा कञ्चनकवल –०७, बनयानि, झापाका वडा अध्यक्ष भरत राजवंशी, बिर्तामोड शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ अधिकृत उत्सव कार्की बनयानी ईन्चार्ज मेध बहादुर लिम्बुको उपस्थिति थियो ।

मृतक गुप्ताले आफ्नै अभावकत्वमा एक वर्ष अगाडी ३ लाख रुपैयाँको बाल भविष्य बीमा योजना खरिद गरिदिएकी थिइन । उक्त कार्यक्रममा समाजिक अभियान्ता किरण लिम्बु, शिव मा.वि प्र.अ टेकनाथ राजवशी एशियन लाईफका बि.एम उमानन्द राजवंशी, कालेन्द्र राजवंशी, कमला कटुवाल, पञ्चनन राजवंशी, श्याम घिमिरे, मृतकको बिमा गराउने अभिकर्ता आदित्य राजवंशी लगायत बिमीत,  अभिकर्ता, संधसंस्थाका प्रतिनिधी, स्थानीय जनताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS