IME Life New

एशियन लाइफले बोलायो साधारणसभा, कहिलेसम्मका शेयरधनीले पाउने छन् लाभांश? (नोटिस सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सले असोज १३ गते साधारणसभा गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो १४ औ वार्षिक साधारणसभा असोज १३ गते होटल क्लासिक सिमरा, बारामा गर्दै छ । साधारणसभा विहान ११:३० बजे सुरु हुँदै छ ।

सभाले आर्थिक वर्ष ७७/७८ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५३ करोडको आधारमा १४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ।

Esewa
Crest

त्यस्तै कम्पनीको हाल कायम पुँजी संरचनामा सस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारण तर्फको ४० प्रतिशतको अनुपातलाई सस्थापक तर्फ ५१ प्रतिशत र सर्वासाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारण  सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । यसको आधारमा असोज ३ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिनुका साथै लाभांश प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS