IME Life New

एशियन लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८७ रुपैयाँसम्म पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको फागुन ९ गतेको पत्र मार्फत स्वीकृत भई  बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सावधिक जीवन बीमालेख
कम्पनीले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८१ रुपैयाँ कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ६८ हजार ९ सय २६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

Esewa
Crest

बालबालिकाको सावधिक जीवन बीमालेख
बालबालिकाको सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ५० रुपैयाँदेखि ८१ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ७० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ८१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ९२ हजार १ सय २५ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन बीमालेख
सावाधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६० रुपैयाँदेखि ८७ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ६५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ७२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ८७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै २९ हजार ४ सय ९० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा भने कम्पनीले न्युनतम ५० रुपैयाँदेखि ८४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० वर्ष अवधिको लागि ५० रुपैयाँ, १२ वर्ष अवधिको लागि पनि प्रति हजार ५२ रुपैयाँ, १५ वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ, १८ वर्ष अवधिको लागि प्रति हजार ६८ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रति हजार ७९ रुपैयाँ बोनसदर कायम गरेको छ भने २५ वर्ष अवधिको लागि कम्पनीले प्रति हजार ८४ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ वर्षे अवधिको यस बीमालेख ६ हजार ८ सय १३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस
नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेखको हकमा कम्पनीले न्युनतम ४३ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ६६ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै २ हजार ९ सय ३४ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

Sangal.indd

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS