IME Life New

एलन मस्कलाई दोहोरो सुखद् खबर, अमेरिकाको सबैभन्दा ठूलो ‘पे प्याकेज’का साथ बने विश्वकै धनीव्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान ईभी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कका लागि बिहीबार दोहोरो खुसी खबर आएको छ। टेस्ला लगानीकर्ताले मस्कका लागि ५६ अर्ब डलरको ‘पे प्याकेज’ स्वीकृत गरेका छन्। यो अमेरिकी कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो पे प्याकेज हो। योसँगै मस्क फेरि विश्वका धनाढ्यहरुको सूचीमा पहिलो नम्बरमा उक्लिएका छन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बिहीबार मस्कको कुल सम्पत्ति ३.७० अर्ब डलरले बढेको छ र उनी दुई स्थान उकालो लाग्दै विश्वको सबैभन्दा धनीव्यक्ति बनेका छन्। उनको कुल सम्पत्ति अहिले २०७ अर्ब डलर पुगेको छ। तर, यो वर्ष उनको कुल सम्पत्ति २२.५ अर्ब डलरले घटेको छ।

Esewa
Crest

दक्षिण अफ्रिकामा जन्मेका र पेसाले इन्जिनियर मस्कले धेरै कम्पनी चलाउँछन्। टेस्लाबाहेक यसमा माइक्रोब्लगिङ साइट एक्स र स्पेसएक्स पनि पर्छन्।

मस्कले फ्रान्सका बर्नार्ड अर्नाल्ट र अमेजनका जेफ बेजोसलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन्। बेजोस अहिले २०६ अर्ब डलरको सम्पत्तिसहित धनीहरुको सूचीमा दोस्रो स्थानमा छन् भने अर्नाल्ट २०४ अर्ब डलरसहित तेस्रो स्थानमा झरेका छन्। बेजोसको कुल सम्पत्ति यस वर्ष २९.६ अर्ब डलरले बढेको छ भने अर्नाल्टको कुल सम्पत्ति ३.३१ अर्ब डलरले घटेको छ।

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग १७९ अर्ब डलरको कुल सम्पत्तिका साथ यो सूचीमा चौथो स्थानमा छन्। यो वर्ष उनको कुल सम्पत्ति ५१ अर्ब डलरले बढेको छ। ल्यारी पेज १५६ अर्ब डलरको कुल सम्पत्तिका साथ पाँचौँ स्थानमा छन्। यस वर्ष पेजको कुल सम्पत्ति २९.६ बिलियन डलरले बढेको छ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स १५६ अर्ब डलरको सम्पत्तिका साथ छैटौँ स्थानमा छन्। सातौँ स्थानमा स्टिभ बाल्मर (१५२ अर्ब डलर), आठौँमा ल्यारी एलिसन (१५२ अर्ब डलर), नवौँमा सेर्गेई ब्रिन (१४६ अर्ब डलर) र दसौँ स्थानमा वारेन बफेट (१३४ अर्ब डलर) छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS