IME Life New

एलन मस्कबाट फेरि खोसियो विश्वकै धनीव्यक्तिको ताज, शीर्ष स्थानमा अब को ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कबाट फेरि विश्वकै धनीव्यक्तिको ताज खोसिएको छ।

विश्वकै शीर्ष धनाढ्यहरुको सूचीमा फेरि फेरबदल भएको हो। एलन मस्क सूचीको दोस्रो स्थानमा झरेका छन्। ब्लुमबर्ग बिलिनियेर इन्डेक्सका अनुसार पछिल्लो २४ घन्टामा मस्कको सम्पत्ति ३.१९ अर्ब डलरले घटेको छ। उनको कुल सम्पत्ति घटेर २०३ अर्ब डलरमा झरेको छ।

Esewa
Crest

उता अमेजनका संस्थापक जेफ बेजोस मस्कलाई पछि पार्दै विश्वकै धनव्यक्ति बनेका छन्। उनको कुल सम्पत्ति २०६ अर्ब डलर रहेको छ। यद्यपि पछिल्लो २४ घन्टामा उनको सम्पत्ति पनि २०.९ करोड डलरले घटेको छ।

विश्वका धनाढ्यको सूचीको तेस्रो स्थानमा बर्नार्ड अर्नल्ट रहेका छन्। उनको ५.८५ अर्ब डलरले घटेर १९८ अर्ब डलरमा झरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS