IME Life New

एलन मस्कको भन्दा धेरै कमाइ, शीर्ष १० धनीको सूचीमा भने छैन नाम, को हुन् ती व्यक्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकी व्यापारी एलन मस्क विश्वकै धनी व्यक्ति हुन्। पछिल्लो समय उनको नेटवर्थ निकै बढेको छ। उनको कम्पनी टेस्लाको शेयर यस साता २९ प्रतिशतले बढेको छ। योसँगै मस्कको कुल सम्पत्ति पनि ३१४ अर्ब डलर पुगेको छ। उनीसँग प्रतिस्पर्धामा टाढा–टाढा पनि कोही छैन।

दोस्रो स्थानमा रहेका अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति २३० अर्ब डलर छ। यसरी हेर्दा मस्क र बेजोसको नेटवर्थमा ८४ अर्ब डलरको अन्तर छ।

Esewa
Crest

चाखलाग्दो कुरा के छ भने मस्कको कुल सम्पत्ति यस वर्ष ८४.७ अर्ब डलरले बढेको छ। तर, यो वर्ष कमाईका हिसाबले उनी दोस्रो स्थानमा छन्।

यो वर्ष एनभिडियाका सीईओ जेन्सेन ह्वाङ सबैभन्दा धेरै कमाइको हिसाबले पहिलो स्थानमा छन्। यस वर्ष उनको कुल सम्पत्ति ८४.८ अर्ब डलरले बढेको छ। तर, उनी १२९ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनीव्यक्तिको सूचीमा ११ औँ स्थानमा छन्।

यो वर्ष एनभिडियाको शेयरभाउमा उल्लेख्य वृद्धि भएको छ। हालै यो एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। यसको मार्केट क्याप ३.६२१ ट्रिलियन डलर पुगेको छ भने एप्पल ३.४३० ट्रिलियन डलरको साथ दोस्रो स्थानमा झरेको छ। ह्वाङको एनभिडियामा ३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

सबैभन्दा धेरै कमाउने मामिलामा फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग तेस्रो स्थानमा छन्। यस वर्ष उनको कुल सम्पत्ति ४ ८०.५ अर्ब डलरले बढेको छ। उनी २०९ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन्। ओरेकलका संस्थापक ल्यारी एलिसनको कुल सम्पत्ति यस वर्ष ७९.४ अर्ब डलरले बढेको छ र उनी २०२ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका चौथो धनीव्यक्ति हुन्।

अर्कोतर्फ फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट सबैभन्दा बढी नेटवर्थ गुमाउने सन्दर्भमा सबैभन्दा अगाडि छन्। यो वर्ष उनको कुल सम्पत्ति ३५.३ अर्ब डलरले घटेको छ र उनी १७२ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा पाँचौँ स्थानमा झरेका छन्। मेक्सिकोका कार्लोस स्लिमले २२.४ अर्ब डलर र फ्रान्कोइस बेटानकोर्ट मायर्सले २३.९ अर्ब डलर गुमाएका छन्। त्यसैगरी चिनियाँ अर्बपति झोङ शान्सानलाई १२.५ अर्ब डलर नोक्सान भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS