IME Life New

एलआईसी नेपाल २२ औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा ‘दाबी भुक्तानी वर्ष’ मनाउने घोषणा  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपालले २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा बृद्दि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ । २१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमूख अतिथिको रुपमा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्मालाई निम्ता गरी दोसल्ला ओडाई सम्मान गरेको थियो ।

Esewa
Crest

त्यसै गरी प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुनुहुने एजेन्ट पूर्ण बहादुर खड्कालाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक एल पी दासले वर्तमान विषम परिस्थितिको वावजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी आम नागरिकको बिश्वास जित्न सफल भएको छ प्रष्ट पारे । कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याई पुर्याउनमा नियमनकारी निकाय, संचालक समिति, शेयरधनी एवं कर्मचारी लगायत सबैमा उनले हार्दिक कृतज्ञता ज्ञापन गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

कम्पनीले यस वर्ष दावी भुक्तानीमा तदारुकता देखाई छिटो दावी भुक्तानी होस् भन्ने हेतुले यस वर्ष एलआइसी दावी भुक्तानी वर्ष घोषणा गरिएको दासले जानकारी दिए । कम्पनीको प्रमुख संस्थापक शेयरधनीहरुमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत, विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिए सँगै एलआईसी नेपालको प्रमुख शेयरधनी भारतीय जीवन बीमा निगमले ८० करोड ६७ लाख भारतीय रूपैयाँ अर्थात् १ अर्ब २९ करोड नेपाली रूपैयाँ बराबरको हकप्रद शेयर दिने निर्णय गरिसकेको छ ।

हाल एलआईसी नेपालको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले विगतका वर्षमा आकर्षक लाभांश दिदै आएको छ । समितिले मर्जर मार्फत संख्या घटाउन पूँजी बृद्धि योजना ल्याउदा समेत कम्पनीले हकप्रद मार्फत पूँजी जुटाउने तयारी गरिसकेको छ ।

विगत २१ वर्षको अवधिमा कम्पनीले जीवन बीमा कोष ९३ अर्ब ६३ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनीले शेयरधनीका अतिरिक्त बीमितहरुलाई पनि आकर्षक बोनसदर दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS