IME Life New

एलआईसी नेपालले दियो ५३० जना अभिकर्तालाई क्षमता अभिबृद्धि तालिम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एलआईसी नेपालले काठमाडौ उपत्यकाभित्रका सबै अभिकर्ताहरुलाई भेला गरी एजुकेशन सेमिनार सम्पन्न गरेको छ । उक्त सेमिनारमा एलआईसी अफ इन्डियाका प्रख्यात प्रशिक्षक बसन्तकुमार बेहेराले अभिकर्ताहरुलाई शिक्षण दिएका हुन् । सेमिनारमा ५ सय ३० जना अभिकर्ताहरु सहभागी भएका थिए ।

कार्यक्रममा अभिकर्ताहरुले आम नागरिकहरुलाई बीमा सम्बन्धी ज्ञाण कसरी दिने, नागरिकलाई बीमा बारेमा कसरी बुझाउने र बीमा बजारमा आफ्नो क्षमता कसरी अब्बल बनाउने लगायतका विषयमा जानकारी हासिल गरेका थिए ।

Crest

सेमिनार कार्यक्रममा बोल्दै, एलआईसीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले तीन महिना अगाडी एलआईसी नेलालले २ वटा अत्यन्त उत्कृष्ठ बीमा योजनाहरु (जीवन साथी र धन वृष्टी) सार्वजानिक गरेको थियो । उक्त योजनाहरु बजारमा अत्यन्त लोकप्रिय हुन सफल भयो साथै, निकट भविष्यमा एलआईसीले अरु यस्तै खालका लोकप्रिय बीमा योजनाहरु ल्याउने कुरा समेत जानकारी दिए ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दासले अहिले एलआइसी नेपालले जीवन बीमा क्षेत्रमा सर्वाधिक (६६ देखि ८५) बोनशदर दिएको छ र आम नेपाली नागरिकहरुमा बीमाको लाभ पुर्याउनका लागि सम्पुर्ण अभिकर्ताहरुलाई राम्रोसँग काम गर्न आव्हान समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS