IME Life New

एलआईसी नेपालको जीवन बीमा कोषमा झण्डै ६२ अर्ब, पुस मसान्तसम्म सात अर्ब ६९ करोड बीमा शुल्क आर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले जीवन बीमा कोषमा ६१ अर्ब ८४ कोष ५६ लाखभन्दा बढि जम्मा गर्न सफल भएको छ । चालु आवको छ महिनाको तथ्याङ्क अनुसार हालसम्म एलआईसी नेपालको जीवन बीमा कोषमा सो रकम दाखिला गरेको कम्पनीले आज एक सूचना जारी गर्दै जनाएको छ ।

नेपालमा १८ वर्षदेखि व्यवसाय गर्दै आएको एलआईसी नेपाल विदेशी कम्पनी नभई नेपालमा नै दर्ता भई सञ्चालित स्वदेशी लिमिटेड कम्पनी हो । देशभर ७४ वटा शाखा कार्यालय रहेको कम्पनीले चालु आवको छ महिनामा सात अर्ब ६९ करोडभन्दा बढि बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । एलआईसी नेपालका सूचना अधिकारीले एक सूचना जारी गर्दै बीमा समिति, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई तथा नियमनको सीमाभित्र रही नेपालको प्रचलित कानुन बमोजिम जीवन बीमा व्यवसाय सञ्चालन हुँदै आएकोले सबै प्रकारको दुष्प्रचारबाट टाढा रहन आफ्ना बीमितहरुलाई आग्रह गरेको छ ।

Esewa
Crest

चुक्ता पुँजि दुई अर्ब १० करोड रहेको एलआईसी नेपालले आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट ३६ प्रतिशत मुनाफा दिएको छ भने अघिल्लो आर्थिक वर्ष ७० प्रतिशत लाभांश दिएको थियो । गत आवको एक्चुरियल भ्यालुएशनको कारण चालु आवको मुनाफा भने वितरण गर्न बाँकी छ ।

कम्पनीले न्यूनतम् बोनसदर प्रतिहजार ६६।– रुपैयाँ रहेको जनाउँदै बीमा पोलिसीको प्रकृति अनुसार ८५।– रुपैयाँ प्रतिहजारसम्म बोनस दर रहेको प्रष्ट पारेको छ । कम्पनीले जीवन बीमा गरेर जोखिम र बचतको लाभ लिन सबैलाई आग्रह गरेको छ । गत आवमा डेढ अर्बभन्दा बढि मुनाफा आर्जन गर्न सफल एलआईसी नेपालले गत असार मसान्तसम्म सात लाख ९४ हजार ४५१ जना नेपालीको बीमा गरी १३ अर्ब ४१ करोडभन्दा बढि जीवन बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

एलआईसी नेपालले केहीअघि एकल बीमा सेवा समेत सुरु गरेको थियो । पछिल्लो समय अत्याधिक बोनस तथा अन्य प्रतिस्पर्धी कम्पनीको जोखिमको तुलनामा दोब्बर जोखिम बहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS