IME Life New

एलआईसी नेपालको खुद बीमा शुल्क आर्जन रकम २६ प्रतिशतले वृद्धि, पुँजी अझै ३४ प्रतिशतले वृद्धि गर्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)ले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म ८ अर्ब ८३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले आघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ४ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। कुल बीमा शुल्क आर्जन रकम ९६ प्रतिशतले वृद्धि भएको छ।


कम्पनीले ८ अर्ब ७९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने २ अर्ब २१ करोड खुद दावी भुक्तानी गरेको छ।
९ महिनाको अवधिमा कम्पनीले १० करोड ७१ लाख रुपैया खुद नाफा गरेको छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैया ५५ पैसा रहेको छ। तर जीवन बीमा कम्पनीहरुको वास्तविक नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र थाहा हुन्छ।

Esewa
Crest

कम्पनीको जगेडा कोष ६२ प्रतिशतले वृद्धि हुँदै ५८ करोड ३५ लाख पुगेको छ भने जीवन बीमा कोष भने २७ प्रतिशतले वृद्धि हुँदै ५१ अर्ब ४८ करोड पुगेको छ।

कम्पनीको अहिले पुँजी १ अर्ब ४९ करोड छ। बीमा समितिलेजीवन बीमा कम्पनीलाई २ अर्ब पुँजीको लक्ष्य दिएकोमा कम्पनीले अझै आफ्नो पुँजी ३४ प्रतिशतले वृद्धि गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS