IME Life New

एलआईसी इण्डियाका बीमितलाई सुखद् खबर, कम्पनीले भारु २.५ खर्ब कर फिर्ता पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी भारतका बीमित र शेयरधनीहरुका लागि सुखद् खबर आएको छ। कम्पनीले भारु २५ हजार करोड अर्थात् २ खर्ब ५० करोड भन्दा बढीको आयकर फिर्ता पाउने भएको हो।

शेयर बजार नियामक सेबीलाई कम्पनीले दिएको जानकारी अनुसार भारु २५ हजार ४६४ करोड आयकर वापतको रकम फिर्ता प्राप्त गर्ने सम्बन्धमा राजश्व न्यायाधीकरणबाट आदेश जारी भएको छ। यो रकममध्ये आधाभन्दा बढी रकम ब्याज वापतको हो।

Crest

यो कर फिर्ताले बीमित र शेयरधनीहरुका लागि मनोबल बढाउने काम गर्नेछ। कर फिर्ता आदेशमा करको रकम अर्थात् मूलधनका साथै त्यसवापत आर्जित प्रचलित ब्याज दर अनुसारको रकम पनि भुक्तानी गर्नुपर्ने आदेश आयकर विभागलाई दिइएको छ।

एलआइसीले फिर्ता प्राप्त गर्नुपर्ने करवापतको रकमलाई आफ्नो वासतालमा प्राप्त हुनु बाँकी आयका रुपमा नै देखाउँदै आएको थियो । राजश्व न्यायाधीकरणको यो आदेशले चालु आर्थिक वर्षको वित्तीय स्थितिमा कुनै प्रभाव पार्ने छैन। ब्याजवापत प्राप्त हुने रकमलाई कम्पनीले बीमित र शेयरधनीबीच ९२.५ः७.५ को अनुपातमा बाँडफाँड गर्ने जानकारी सार्वजनिक गरेको छ।

भारतको राजश्व न्यायाधिकरणको आदेशमा आयकर विभागलाई सन् २०१३ देखि २०२० सम्मको रकम एलआईसीलाई फिर्ता गर्न आदेश जारी गरेको छ। तर, आयकर विभागले साथमा कर असुलीको तीनवटा आदेश समेत न्यायाधीकरणबाट पाएको छ । यो आदेशका कारण एलआइसीले आयकरवापत भारु २ हजार ७६५ करोड आयकर विभागलाई तिर्नुपर्ने हुनसक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS