IME Life New

एलआईसीको जीवन बीमा कोषमा ५४ अर्ब, कुल बीमा शुल्क आर्जन कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । एलआईसीले आर्थिक वर्ष २०७५ /७६ को १२ महिनाको अवधिसम्म आइपुग्दा १६ करोड १५ लाख ४ सय ३७ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष एक अर्ब ३४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशित गरेकोे चौथो त्रैमासिक वित्तीय विवरण अनुसार जीवन बीमा शुल्क २८ प्रतिशतले बृद्धि गर्न सफल भएको देखिएको छ । त्यस्तै जीवन बीमा कम्पनीहरुको सूचांकमा महत्वपूर्ण मानिने जीवन बीमा कोषमा पनि २८ प्रतिशतले नै बृद्धि गर्न सफल भएको छ ।

Esewa
Crest

आर्थिक वर्ष २०७५ /७६ को १२ महिनाको अवधिसम्म आइपुग्दा कम्पनीले जीवन बीमा शुल्कमा उल्लेख्य बृद्धि गर्न सफल भएको छ ।अघिल्लो आर्थिक वर्षमा ४२ अर्ब २३ करोड रुपैयाँ जीवन कोषमा जम्मा गरेको कम्पनीले यस वर्ष ११ अर्बभन्दा बढि थप गरी कूल ५४ अर्ब रुपैयाँ जीवन बीमा कोषमा रकम दाखिला गर्न सफल भएको छ ।

त्यस्तै एक वर्षमा थप ६० हजार बीमालेख जारी गर्न सफल भएको छ । अघिल्लो वर्ष कूल ७ लाख ३४ हजार भन्दा बढि बीमालेख जारी गरेकोमा यस वर्ष सात लाख ९४ हजारभन्दा बढि बीमालेख जारी गर्न सफल भएको छ ।

अघिल्लो आ.वमा एक अर्ब ३३ करोड चुक्ता पुँजि रहेको कम्पनीले यस वर्ष पुँजि बृद्धि गरेर एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँ पुर्याएको छ ।

कम्पनीले बीमा दावी भुक्तानी ३ अर्ब ३४ करोड ९४ लाख १५ हजार तीन सय ३८ रहेको छ । अघिल्लो वर्ष बीमा दावी भुक्तानी दुई अर्ब ३३ करोड ८३ लाख २७ हजार रुपैयाँ रहेको छ ।

बीमा कम्पनीहरुको मुनाफा बीमांकीय मूल्याङ्कनपछि थप हुनेछ । चौथो त्रैमासमा प्रकाशित रिपोर्ट अडिट नगरिएको रिपोर्ट भएको र बीमांकीय मूल्याङ्कनपछि मुनाफामा गत वर्षभन्दा बृद्धि हुने एलआईसी नेपालका कम्पनी सचिव बिनोद भुजेलले इन्स्योरेन्स खवरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS