IME Life New

एलआईसीका कारण भारतीय जीवन बीमकको बढ्यो नयाँ व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहिलो वर्षको प्रिमियम अर्थात् जीवन बीमा कम्पनीको नयाँ व्यापार प्रिमियम (एनबीपी) गत वर्षको सोही अवधिको तुलनामा जुलाई २०२४ मा करिब १४.१९ प्रतिशतले बढेर भारु ३१ हजार ८२२ करोड पुगेको छ। यो भारतीय जीवन बीमा निगम (एलआईसी) को व्यापार मा बलियो वृद्धिका कारण भएको हो।

लाइफ इन्स्योरेन्स काउन्सिलले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार एलआईसीको प्रिमियम गत वर्षको तुलनामा २० प्रतिशतले बढेर भारु १८ हजार ४३०.६३ करोड पुगेको छ भने निजी बीमा कम्पनीहरुको प्रिमियम ७ प्रतिशतले बढेर भारु १३ हजार ३९२.०७ करोड पुगेको छ।

Esewa
Crest

प्रिमियममा भएको वृद्धि मुख्यतया एलआईसीका कारण भएको र निजी जीवन बीमा कम्पनीको वृद्धिको तथ्यांक उच्च आधारका कारण प्रभावित भएको विश्लेषकहरु बताउँछन्। एलआईसीको प्रिमियम वृद्धिमा ग्रुप प्रिमियमले प्रमुख भूमिका खेलेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा २२.७४ प्रतिशतले बढेर भारु १२ हजार ८३८.१४ करोड पुगेको छ।

समग्र उद्योग व्यक्तिगत बीमा व्यवसायले २०.६९ प्रतिशतको वृद्धि देखाएको छ। व्यक्तिगत एकल प्रिमियम २४.८२ प्रतिशतले बढेर भारु ४ हजार ६१०.६६ करोड र गैरएकल प्रिमियम बढेर जुलाई २०२४ मा भारु ९ हजार १७०.३ करोड पुगेको छ।

निजी क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनी एसबीआई लाइफ इन्स्योरेन्सको पहिलो वर्षको प्रिमियम गत वर्षको सोही अवधिको तुलनामा २६.३ प्रतिशतले घटेर भारु २ हजार ९९५.६१ करोड पुगेको छ।

उता एचडीएफसी लाइफले ३३.७ प्रतिशतको वृद्धि दर्ता गरेको छ र यसको प्रिमियम भारु २ हजार ६९९.०१ करोड रुपैयाँ थियो। अन्य मुख्य बीमा जीवन कम्पनीहरु आईसीआईसीआई प्रुडेन्सियल लाइफ, बजाज एलियान्ज इन्स्योरेन्स र म्याक्स लाइफ इन्स्योरेन्सले क्रमशः ७.३६ प्रतिशत, ६०.५ प्रतिशत र २७.८ प्रतिशतले वृद्धि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS