IME Life New

एमडिआरटी याेग्य हुनका लागी व्यवसायीक लक्ष्य पुरा गर्ने आज अन्तिम दिन, कतिजना हाेलान् यसवर्ष ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । यस वर्षकाे मिलियन डलर राउण्ड टेबल अन्तर्गत एमडिआरटी याेग्य हुनका लागी व्यवसायीक लक्ष्य पुरा गर्ने आज शनिबार अन्तिम दिन अर्थात् ३१ डिसेम्बर २०२२ । जीवन बीमा कम्पनीकाे उच्च व्यवस्थापनले पाेहाेरकाे तुलनामा यसवर्ष एमडिआरटी याेग्य हुने अभिकर्ताकाे संख्या थप्न नसक्ने अड्कल पहिले नै गरि सकेका छन् ।

वित्तीय बजारमा प्रतिकूल अवस्थाका कारण पाेहाेरकाे जस्ताे व्यापार र एमडिआरटी दुबै हुने छैन भन्नेमा श‌ंका छैन, एकजना प्रमुख कार्यकारी अधिकृतले भने,तर हामीले सम्बन्धित शाखालाई कम्तीमा पाेहाेरकाे जति व्यापार गर्नैपर्छ भन्ने दबाब निरन्तर दिई रहेका छाै‌ं । उनकाे भनाईमा म‌ंसिरकाे तुलनामा पुस महिनाकाे व्यापारकाे प्रारम्भिक रूझान सकारात्मक देखिए पनि यसकाे निरन्तरता सुनिश्चित गर्न कठिन देखिएकाे छ।

Esewa
Crest

जीवन बीमककाे सामाजिक स‌ंजाल नियाल्दा गत वर्ष सन् २०२२ का लागी याेग्य हुने अभिकर्ताकाे संख्या करिब पाँच सय हाराहारी भएपनि यसवर्ष बीमा व्यवसायकाे वृद्धिदरमा देखा परेकाे संकुचनसँगै याे संख्या पनि खुम्चिएकाे छ । सन् २०२१ मा बजारमा अवस्था सहज हुँदा जीवन बीमा व्यवसाय सप्रि‌दा बीमा कम्पनीहरुले धमाधम अभिकर्ताहरुकाे नाम घाेषणा गरिरहँदा यसवर्ष खासै देखिएकाे छैन।

अनुभवी अभिकर्ताहरुकाे भनाईमा पाेहाेरकाे भन्दा दाेब्बर मिहिनेत गर्दा समेत साेचे जस्ताे नतिजा प्राप्त हुन सकेकाे छैन । जीवन बीमा गर्ने चाहना र क्षमता भएका मनग्ये व्यक्तिहरुकाे बीमा प्रस्ताव फारम तयारी अवस्थामा राखेर आजभाेली भन्दा भन्दै पैसा कुर्न थालेकाे पनि करिब करिब महिना दिन नै बित्दै गर्दा पनि प्रथम् बीमाशुल्कवापतकाे रकम प्राप्त हुन नसकेकाे अवस्था छ ।

वित्तीय बजारमा तरलताकाे अभावसँगै चुलिंदाे महँगीका बीच आम नागरिकबीच बढ्दाे अन्याैलताका कारण जीवन बीमा व्यवसायमा स‌ंकुचन देखा पर्न थालेकाे हाे । जीवन बीमाका लागी ५ वर्षदेखि २५ वर्षसम्म पैसा लगानी गर्नुपर्ने र कम्तीमा तीन वर्षसम्म यसकाे रकम कर्जा लिन नसकिने हुँदा ठूलाे बीमांककाे बीमा गर्ने क्षमता भएकाहरू पैसा झिक्न हिच्किचाउन थालेका छन् । सामान्य आम्दानीबाट थाेर बहुत बचत गर्दै आएका सर्वसाधारणले पनि बढ्दाे महँगीका कारण बचत गर्न सक्ने क्षमता गुमाउँदा जीवन बीमाका लागी बचत गर्न सकेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीले प्रदान गर्ने जाेखिमकाे सुरक्षावरण समेत मुद्दती निक्षेप खातामै समावेश गरेर बिक्री गर्दा अभिकर्ता र बजार प्रवर्द्धनमा खटिएका बीमा कम्पनीका कर्मचारी दुबैलाई चुनाैती थपिएकाे छ । घर जग्गा काराेबारमा देखा परेकाे सुस्तताले पनि सर्वसाधारणबीच नगद प्रवाह स‌ंकुचित हुँदै गएकाे छ । कर्जा लिएर घरजग्गा काराेबारमा लगानी गरेकाहरू उच्च ब्याजदरकाे चापका कारण सकसमा छन् ।

सन् २०२३ काे लागी एमडिआरटी याेग्य हुन जीवन बीमा अभिकर्ताले सन् २०२२ काे डिसेम्बर ३१ भित्रै अभिकर्ताले व्यक्तिगत अभिकर्ता संकेत नम्बरमा ३७ लाख ९२ हजार ३ सय रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्नुपर्छ । याे भन्दा माथिल्लाे तहकाे ‘काेर्ट अफ द टेबल’ का लागी १ कराेड १३ लाख ७६ हजार ९ सय रुपैयाँ प्रथम बीमाशुल्क र त्यसभन्दा पनि माथिल्लाे तह ‘टप अफ द टेबल’ का लागी २ कराेड २७ लाख ५३ हजार ८ सय रुपैयाँ प्रथम बीमाशुल्क आम्दानी गर्नुपर्ने शर्त छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS