IME Life New

एभरेष्ट र नेपाल इन्स्योरेन्सका शेयरधनी बाहेक सबैले गुमाए, किन घट्यो बीमा कम्पनीको शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारमा लगातार गिरावट आउदा सबैभन्दा धेरै इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले गुमाएका छन्। यस साता तीन दिन मात्रै कारोबार भयो । फागुन २४ गते महिला दिवस र २७ गते आज शिवरात्रीका कारण दोस्रो बजार बन्द भयो । सातामा तीन दिन मात्रै कारोबार खुला हुँदा २ वटा बीमा कम्पनीका शेयरधनीले मात्रै कमाएका छन् भने बाँकीले गुमाएका छन् ।

गत साताको क्लोज प्राइस सँग यस साताको क्लोजिङ प्राइस सँग तुलना गर्दा यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सका शेयरधनीको पोर्टफेलियो घटेको छ। कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोज पछि मूल्य समायोजन गर्दा मूल्य घटेको हो। गत साता शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २७४८ रुपैयाँ थियो। बुक क्लोज पछि कम्पनीको मूल्य समायोजन पछिको मूल्यमा पनि भारि गिरावट भएको हो। शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य यस साता ७७८ रुपैयाँले घटेको छ।

Esewa
Crest

यस साता एभरेष्ट इन्स्योरेन्सको संस्थापक तथा सर्वसाधारण दुबै समुहको शेयर मूल्य सुधार भएको छ। सर्वसाधारण समुहको शेयर मूल्य ६९२ रुपैयाँ पुगेको छ भने संस्थापकको ४०५ रुपैयाँ पुगेको छ। त्यस्तै यस साता नेपाल इन्स्योरेन्सको शेयर ९३ रुपैयाँले बढेको छ।

यस साता नेप्सेमा सूचिकृत अधिकाम्स कम्पनीको शेयर मूल्यमा गिरावट देखिन्छ। केहि समयदेखि दोस्रो बजारमा करेक्सन भैरहेको छ। एक वर्षेदेखि लगातार सुधार भैरहेको शेयर बजारमा पछि तीन साता भने राम्रै करेक्सन भएको छ। बुलिस ट्रेण्ड बजारमा १०० अंकले सुधार हुँदा २० अंकले घट्नु पर्ने मान्यता रहेको छ। तर बजारमा नाफा बुक पनि नभइ एकोहोरो सुधार हुँदा जोखिमपुर्ण मानिन्छ। सुरुवाती अवस्थामा शेयर किनेकाले बजार अलिकति तल झर्न थाले पछि बेच्न थाल्छन्। यसेले गर्दा केहि समय अगाडि मात्रै शेयर किनेकाहरुले पेनिक सेल गर्ने भएकाले बजारमा सोचे भन्दा धेरैले गिरावट हुन्छ।

बजार सुधार हुँदा सबैभन्दा पहिला थोरै शेयर पुँजी भएका कम्पनीका शेयरलाई चलाइन्छ। जसमा लगानीकर्ताको पहिलो रोजाइ लघुवित्त वित्तीय संस्था र दोस्रो रोजाइमा बीमा कम्पनी पर्छन्। बजार सुधार हुँदा यि दुई क्षेत्रका कम्पनीको शेयर मूल्य सबैभन्द पहिला बढ्छ। सँग सँगै बजार घट्दा पनि यहि नियम लागु हुन्छ। केहि दिनदेखि बजार करेक्सन भैरहेको छ। दुइ तीन गुणा भन्दा धेरैले मूल्य सुधार भएकोले गर्दा पछिल्लो समय बैंक भन्दा धेरै बीमा कम्पनीको शेयर र लघुवित्तको शेयर तल झरिरकेको छ।

कतिपय लगानीकर्ताहरुले बीमा र लघुवित्तको शेयरबाट धेरै कमाउने भन्दै आक्रामक लगानी गरिरहेका हुन्छन्। जसले पछिल्लो समय लगानी गरेका छन् उनिहरुले कि होल्ड गर्नु पर्छ होइन भने घाटामै शेयर बेच्नु पर्छ। माथिल्लो मूल्यमा शेयर किनेकाले स्टप लसको शिद्धान्त अपनाउदा पनि दोस्रो बजारमा छिटो गिरावट हुने विश्लेषकहरु बताउछन्।

चैत र फागुन महिनालाई अफ सिजनको रुपमा विश्लेषण गरिन्छ। तर गएका वर्षमा फागुन चैत महिनामा बीमा कम्पनीहरुको सिजनको महिना मानिन्थ्यो। किनभने बीमा कम्पनीहरुले माघ मसान्तसम्मा कहिले पनि साधारणसभा गर्न सक्दैनन्। एक्चुरियल मूल्याङ्कनमा ढिलाइ हुँदा बीमा कम्पनीहरुले आफ्नो साधारणसभा कम्तिमा पनि चैत तथा बैशाखामा गर्ने गरेको पाइन्छ। चैतमा साधारणसभा गर्नका लागि कम्पनीहरुले फागुनमा लाभांस घोषणा गर्ने तथा साधारणसभा तय गर्ने गर्छन्।

त्यसैले यो समय बीमा कम्पनीहरुको बाहेक अन्य कम्पनीको शेयर मूल्यमा गिरावट हुने गरेको पाइन्छ। तर यस पटक बीमा कम्पनीको शेयर पनि सँग सँगै घटिरहेको छ। लगानीकर्ताहरुले अव विस्तारै शेयर उठाउदा सबैभन्दा बुद्धिमता हुने विश्लेषकहरु बताउछन्। अहिले शेयर उठाउदा घटेको मूल्यमा पाउन सकिन्छ। पैसा हुनेका लागि यो समय अवसरको समय पनि हो। तेस्रो त्रैमाशिक वित्तीय विवरण आउने समयमा कम्पनीको शेयर बढ्ने गर्छ। साथ साथै बैंकहरुले पनि तेस्रो त्रैमाशिक अवधिमा खासै कर्जा लगानी गर्दैनन्। जसका कारण व्याजदर पनि धेरै बढ्दैन। यो शेयर बजारका लागि सुखद  पक्ष हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS