IME Life New

एफपिओ जारी गर्ने प्रस्ताव सहित उन्नती सहकार्यको साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नती सहकार्य लघुवित्तको सातौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा भैरहवामा सम्पन्न भएको हो । सभामा अध्यक्षले प्रस्तुत गर्ने आर्थिक बर्ष २०७७/७८ सालको बार्षिक प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिकको विषयमा राखिएको प्रस्तावलाई पारित भएको छ ।

त्यसैगरी सभाले २०७८ असार मसान्त सम्म कायम रहेको चुक्तापुँजीको ३० प्रतिशत बोनश शेयर स्वीकृत गर्ने, विशेष प्रस्तावको १ नम्बर बमोजिम बोनस शेयर बाँडफाँड बमोजिम शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न आवश्यक एक करोड ७८ लाख ४५ हजार एक सय अठार रुपैयाँ तीन पैसा बराबरको सर्वसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्काशन (र्फदर पब्लिक अफ रिङ्ग) जारी गर्ने, विशेष प्रस्तावको बुँदा नं. १ र २ बमोजिम बोनश शेयर बाँडफाँड पश्चात तथा थप सार्वजनिक निष्काशन जारी पश्चात पुँजी बृद्धि गरी जारी तथा चुक्तापुँजी २४ करोड ६८ लाख ६५ हजार सात सय ३६ रुपैयाँ तीन पैसा र ५० करोड रुपैयाँ अधिकृत पुँजी कायम गरी सोही अनुसार नियमावली र प्रवन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै, सभाले प्रवन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निदेशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने, सञ्चालकको भक्ता तथा सुविधा बृद्धि गर्ने, भविष्यमा वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सो सँग सम्बन्धित आवश्यक सम्पूर्ण काम कारवाही अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सातौं बार्षिक साधारण सभाले पारित गरेको छ ।

हाल १७ करोड ६१ लाख ६९ हजार सात सय छ रुपैयाँ ३८ पैसा चुक्ता पुँजी रहेको संस्थाको अधिकृत पुँजी ३० करोड रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS