IME Life New

एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्याउँछुः वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनगढी । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफुले संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन कार्य गर्ने बताएका छन्। वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले शनिवार धनगढीमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको छैटौं प्रदेश सभाको सफलताको शुभकामना दिँदै आफ्नो नेतृत्वमा व्यवसायीहरुको समस्यारुपी घाउमा मल्हम लगाउन र पिडामा रहेको व्यवसायलाई उकास्न भूमिका निभाउने बताए।

“अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,” वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले भने, “करका विषय नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या छन्। यस्ता विषयहरुलाई सम्बोधन गर्न भनेर नै मैले विज्ञसहितको टिम तयार गरेको छु।”

Esewa
Crest

श्रेष्ठले सुदुरपश्चिम प्रदेशमा पर्यटन र कृषिको अथाह संभावना रहेको भन्दै यसलाई बिस्तार गर्न पनि युवा र जुझारु नेतृत्व चाहिने बताए।
“मैले लामो समयदेखि महासंघको विभिन्न तहमा बसेर कार्य गर्दै आएको छु। यसले मलाई उद्योगी व्यवसायीहरुको समस्या बुझ्न सहयोग गरेको छ,” श्रेष्ठले भने, “मेरो टिम अन्तरगतका विभिन्न उपाध्यक्ष तथा अन्य सदस्यहरु समेत समावेशी युवाहरु छन् ।”

आफ्नो टिमको तर्फबाट जिल्ला÷नगर तर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान तथा एसोशिएट्स उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ उम्मेदवार रहेको उनले जानकारी दिए। उनले आफूले महासंघमा लामोसमदेखि विभिन्न भूमिकामा रहेर नयाँ विषयहरु सिक्दै रहेको र अन्य साथिहरुलाई समेत सिकाउँदै आएको बताए।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले व्यवसायीहरुको पिडालाई सम्बोधन गर्नकै लागि र लथालिङ्ग अर्थतन्त्रलाई सम्हाल्नेगरी प्लेटफर्म तयार पारेको भन्दै सबैलाई त्यसमा सहकार्य र सहभागी हुन आग्रह गरे। “मेरो नेतृत्वमा तपाईँहरुलाई संस्थाको हरेक कार्यमा आबद्धता गराउने र अपनत्व दिलाउने प्रतिबद्धता व्यक्त गर्दछु, आउनुस् सबै मिलेर सहकार्य गरौं,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS