IME Life New

एप्पललाई पछि पार्दै विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी बन्यो एनभिडिया, के गर्छ व्यापार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एआई चिप बनाउने कम्पनी एनभिडिया आईफोन बनाउने कम्पनी एप्पललाई पछि पार्दै विश्वकै दोस्रो ठूलो मूल्यवान कम्पनी बनेको छ।

एनभिडियाको शेयरभाउमा बुधबार उछाल आएको थियो। यो कम्पनीको शेयरभाउ ५.१६ प्रतिशतले बढ्यो। योसँगै कम्पनीको कुल बजार पुँजीकरण ३.०११ ट्रिलियन डलर पुगेको छ। एप्पलको कुल बजार पुँजीकरण ३.००३ ट्रिलियन डलर रहेको छ। योसँगै एनभिडिया एप्पललाई पछि पार्दै विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी बनेको हो।

Esewa
Crest

बजार पुँजीकरणको हिसाबले विश्वको सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्ट हो। यो कम्पनीको बजार पुँजीकरण ३.१५१ ट्रिलियन डलर रहेको छ।

त्यसो त ३ ट्रिलियन डलरको बजार पुँजीकरण हुने एनभिडिया तेस्रो अमेरिकी कम्पनी हो। यो वर्ष एनभिडियाको शेयरभाउ १५५ प्रतिशतले बढिसकेको भने बजार पुँजीकरण १.८३ ट्रिलियन डलरले बढेको छ।

एआई चिपको माग तीव्रगतिमा बढ्नुको फाइदा एनभिडियालाई भएको छ। यो कम्पनीले आफ्नो एड्भान्स्ड एआई चिज प्लेटफर्म रुबिन सन् २०२६ सम्म लन्च गर्ने घोषणा गरिसकेको छ।

विश्वमा एआई चिपको व्यापारमा एनभिडियाको हिस्सा ७० प्रतिशत रहेको छ। यही कारणले एनभिडियाको शेयरभाउले छलाङ मारिरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS