IME Life New

एप्पलमाथि भारी जरिवाना गर्दै ईयू, कारण यस्तो छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपियन युनियन (ईयू)ले आईफोन निर्माता कम्पनी एप्पलमाथि ठूलो जरिवाना गर्ने तयारी गरिरहेको छ। ईयूको नियामक निकायले नयाँ डिजिटल प्रतिस्पर्धी नियम उल्लंघन गरेको आरोपमा एप्पलमाथि भारी जरिवाना गर्न लागेको हो।

ईयूले मार्चमा गरेको प्रारम्भिक अनुसन्धानबाट एप्पलले डिजिटल प्रतिस्पर्धी नियम उल्लंघन गर्दै एप डेभलपर्सहरुलाई ग्राहकलाई सस्तोमा सेवा उपलब्ध गराउन रोकेको पाएको छ। यो मुद्दामा यदि एप्पल दोषी ठहरिएमा कम्पनीले आफ्नो आम्दानीको १० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ।

Esewa
Crest

एप्पलको गत वर्ष ३८३ अर्ब डलर आम्दानी गरेको थियो। यस हिसाबले यदि उक्त मुद्दामा दोषी ठहरिएमा एप्पले ३८ अर्ब डलरभन्दा बढी जरिवाना तिर्नुपर्ने हुन्छ।

पुनः सोही नियम उल्लंघन गरेको पाइएमा यस्तो जरिवाना कम्पनीको आम्दानीको २० प्रतिशतसम्म हुने ईयूले जनाएको छ। यद्यपि, यस विषयमा एप्पलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

गत मार्चमा युरोपेली आयोगले एप्पलसँगै गुगल र फेसबुकको माउ कम्पनी मेटामाथि डिजिटल मार्केट एक्टको नियम उल्लंघ गरेको आरोपमा अनुसन्धान गर्ने घोषणा गरेको थियो।– एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS