IME Life New

एनसेलले ल्यायो सरप्राइज अफर, ७ जनाले स्कुटर जित्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले १८ वर्ष पार गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा सरप्राइज अफर घोषणा गरेको छ । आइतवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले सबै ग्राहक मध्येबाट विजेता छनौट हुने अफर ल्याएको हो ।

यसअन्तर्गत प्रयोगकर्ताले *१७११७# डायल गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार अफर एक्टिभेट भइसकेपछि सबै प्रयोगकर्ताले विभिन्न अफर पाउनेछन् । सहभागी हुने प्रयोगकर्ताले एनसेलले उपलब्ध गराउने दैनिक, साप्ताहिक र बम्पर अफरहरू पाउन योग्य हुनेछन् । दैनिक उपहारमा ग्राहकले बिना कुनै शुल्क एनसेलका विभिन्न अफरहरू पाउने छन् ।

Esewa
Crest

त्यस्तै प्रत्येक हप्ता एनसेलका एक हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् । यसैगरी अफरको अन्तिममा भाग्यशाली सात जनालाई एक एक ओटा स्कुटर दिने घोषणा कम्पनीले गरेको छ ।

एनसेलका अनुसार साप्ताहिक र बम्पर उपहार पाउनका लागि ग्राहकले अफर अवधिभर एनसेल सेवा प्रयोग गरेको हुनुपर्नेछ । एनसेलको बारेमा तयार पारिएका रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत कम्पनीलाई पठाउन सकिनेछ । यस अफर आज आइतवार ३१ भदौ देखि सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS