IME Life New

एनसेलका ग्राहकले मनोचिकित्सकसँग निःशुल्क परामर्श लिन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकले निःशुल्क फोन गरी मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन सक्छन्। यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य सुरु गरेको छ।

हालैमात्र विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनका लागि सिमसहितको ह्यान्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ। यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो।

Esewa
Crest

आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हामी सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्दछ। राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई यो सेवालाई अझ प्रभावकारी बनाउनका लागि योगदान पुर्याउन सहकार्य गर्न पाएकोमा हामी हर्षित छौँ।’ कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको अवस्थाबाट उनीहरुलाई बचाउने उद्देश्यले सरकारले यो हेल्पलाइन सुरु गरेको हो। ‘आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याहरुका बारेमा फोन आउने क्रम बढिरहेको हाम्रो तथ्यांकले देखाउँछ।

यस्तो अवस्थामा एनसेलको यो सहकार्यले ठूलो महत्व राख्छ र अमुल्य जीवनहरु बचाउन योगदान पुर्याउनेछ’, मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले भने।जहिले मनमा गाह्रो महसुस हुने, तनाव हुने, आफैँलाई हानी पुर्याउन वा दुःख दिन मन लाग्नेजस्ता लक्षण देखिएमा तत्काल यस हटलाइनमा फोन गरी तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श गरी त्यस्ता सोचबाट बाहिर आउन मद्दत लिन सकिने मानसिक अस्तपालले जनाएको छ।

सरकारले विश्व स्वास्थ्य संगठन र टीपीओ नेपालको सहयोगमा मानसिक अस्पताल लगनखेलबाट यो सेवा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS