IME Life New

एनपी-सर्टमा डा. सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट) ले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक तथा सूचना प्रविधि विज्ञ डा. राजीव सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा प्रा।डा। सुदन झा, ई। तुलसीराम श्रेष्ठ र सुमन कुमार शर्मा रहेका छन् भने महासचिवमा डा.सुमन थपलिया निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा कृष्णप्रसाद पाण्डे र कोषाध्यक्षमा प्रविण खड्का चयन भएका छन् ।

Esewa
Crest

कार्यकारी सदस्यहरूमा रेजिना डाँगी, ई. रुचि पाण्डे, सुदीप घिमिरे, दीक्षा राउत, ई. सन्तोष श्रेष्ठ र रामकृष्ण दाहाल रहेका छन् ।साधारण सभामा महासचिवको वार्षिक आर्थिक प्रतिवेदन तथा कोषाध्यक्षको लेखा प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । सो अवसरमा सहभागीहरूले एनपीसर्टको ब्रान्डिङ सुधार, डेटा सुरक्षामा ध्यान केन्द्रित गर्ने तथा साइबर सुरक्षाको सुदृढीकरणमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउन सुझाव प्रस्तुत गरेका थिए ।

निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारीले नया कार्यसमितिलाई शुभकामना दिँदै आगामी दिनमा पनि एनपी(सर्ट नेपालमा साइबर सुरक्षालाई सुदृढ बनाउन सक्रिय रहने तथा संगठनको नवीनतम ध्यान र रणनीतिक दृष्टिकोणले साइबर जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहलहरू सञ्चालन गरी राष्ट्रिय साइबर सुरक्षा सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

यसअघि एनपी सर्टको सल्लाहकार रहेका डा.सुब्बा नेतृत्वको नयाँ कार्यसमितिले संस्थालाई उपल्लो स्तरमा लैजाने योजनासहित आगामी तीन वर्षे कार्यकालका लागि विभिन्न प्राथमिकता र पहलहरू पहिचान गरेको छ । अध्यक्ष डा.सुब्बाका अनुसार आगामी कार्यकालमा साइबर सुरक्षालाई जनचेतना, प्रविधि विकास, नीति निर्माण तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट उच्च प्राथमिकतामा राखी विभिन्न कार्यक्रम गरिनेछ ।

यसअन्तर्गत अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा साइबर सुरक्षासम्बन्धी सम्मेलन आयोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा साइबर सुरक्षा चेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन, साइबर सुरक्षा प्रशिक्षण र क्षमता विकास, साइबर सुरक्षामा योगदान दिने व्यक्तिहरूलाई सम्मान, थिंक ट्याङ्क समूह गठन, अन्तर्राष्ट्रिय संस्थाहरू तथा विज्ञहरूसँग सहकार्य, नीति निर्माणमा सरकारलाई सहयोग, डिजिटल फोरेन्सिक ल्याब तथा सुरक्षा सञ्चालन केन्द्रको स्थापना लगायतका योजना राखिएको छ ।

डा. सुब्बाले एनपीसर्टलाई साइबर सुरक्षाको केन्द्रविन्दु बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “आजको डिजिटल युगमा साइबर सुरक्षा कुनै विलासिता नभई आवश्यकतामा बदलिएको छ । नेपालमा पनि साइबर अपराधका घटना बढ्दै गएका छन् । यसलाई रोक्न हामीले आफ्नो तर्फबाट अधिकतम पहल गर्नेछौँ । अबको प्राथमिकता साइबर सुरक्षामा जनचेतना बढाउँदै नेपाललाई सुरक्षित डिजिटल राष्ट्रका रूपमा अघि बढाउनु हो ।”

डा. राजीव सुव्बासँग आईसीटी, विपद व्यवस्थापन र साइबर सुरक्षामा करिब ३० वर्षको अनुभव छ । नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहिसक्नु भएका डा. सुब्बा संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरु तथा तीन अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा कार्य गरिसकेका छन् ।

संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञानमा विद्यावारिधि हासिल गर्नुभएका डा. सुब्बाले लामो समयदेखि नेपाल सरकारलाई सूचना प्रविधि, साइबर सुरक्षा तथा विपद व्यवस्थापनको नीति निर्माणमा लामो समयदेखि सहयोग गर्दै आइरहेकमा छन् । नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिस्ठान (नास्ट) पुरस्कार सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेका डा. सुब्बा कम्प्युटर एसोसिएसन अफ नेपाल र नेपाल इन्जिनियर्स एशोसिएसन लगायतका विभिन्न सामुदायिक संस्थाहरूसँग लामो समयदेखि संलग्न छन् ।

एनपीसर्टमा आबद्ध अन्य पदाधिकारी तथा कार्यकारी सदस्यहरू लामो समयदेखि साइबर सुरक्षा क्षेत्रमा सक्रिय छन् । उनीहरुले विभिन्न संस्थामा कार्य गर्दै नेपालमा साइबर सुरक्षाको प्रवर्द्धनका लागि निरन्तर योगदान दिँदै आएका छन् ।

एनपीसर्टबारे
एनपी(सर्ट २०१६ मा स्थापना भएको साइबर सुरक्षासँग सम्बन्धित संस्था हो । यसले नेपालमा सूचना सुरक्षाको प्रवर्द्धन गर्न काम गर्छ । यो साइबर सुरक्षासम्बन्धी स्थानीय समस्या रिपोर्ट गर्नका लागि एकल सम्पर्क बिन्दु हो । एनपी(सर्टले संस्थाहरू तथा कम्प्युटिङ समुदायलाई सुरक्षा घटनाहरूको रोकथाम, पहिचान र पुनःस्थापना लगायतका प्रक्रियामा सहयोग पुर्‍याउनुका साथै सम्भावित साइबर खतराहरू र उदाउँदा सुरक्षा घटनाहरूबारे सचेतना फैलाउने काम गर्दै आएको छ । यसले नेपाल सरकार, क्यान महासंघ, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक, नेपाल प्रहरी र निजी आईटी क्षेत्रसँग सहकार्य गर्दै नेपालका डिजिटल पूर्वाधारको सुरक्षामा योगदान दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS