IME Life New

एनएलजी इन्स्योरेन्सको करिब सवा ३ लाख कित्ता शेयर माघ २० बाट बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको करिब सवा ३ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत माघ २० गतेबाट बिक्री खुला गरिने भएको छ।

कम्पनीको ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राख्न लागिएको हो। जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता शेयर रहेको छ। उक्त शेयर कम्पनीले हालै आफ्ना शेयरधनीहरुलाई जारी गरेको हकप्रद शेयरमा बिक्री हुन बाँकी रहेको हो।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ता खरिद आवेदन दिन संस्थापक समूहमा कम्तीमा १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र माघ २७ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल तथा एनएलजी इन्स्योरेन्सका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा पेस गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS