IME Life New

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड दुईले पायो अनुमति, १२ म्युचुअल फण्ड पाइपलाइनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड दुईलाई सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बन्द मुखी उक्त म्युचुअ फण्डको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । यसले गत साउन ५ गते अनुमति पाएको थियो । अवको केहि दिनमा फण्डले सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्नेछ ।

अहिले नेपाल धितोपत्र बोर्डमा १२ वटा म्युचुअल फण्ड पाइपलाइनमा छन् । जस मध्ये एउटा मात्रै खुलामुखी रहेको छ भने बाँकी रहेका सबै बन्दमुखी छन् ।

Esewa
Crest

हाल धितोपत्र बोर्डमा एक अर्ब २० करोडको सानिमा ग्रोथ फण्ड, एक अर्ब २० करोडको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम तीन, ८० करोडको प्रभु स्मार्ट फण्ड, ५० करोडको कुमारी सुनौलो लगानी योजना, एक अर्बको सिटिजन सुपर ३० म्युचुअल फण्ड, एक अर्ब २० करोडको सनराइज फोक्स इक्वीटी फण्ड, एक अर्ब ६० करोडको एनआईविएल ग्रोथप फण्ड, २ अर्बको एनआइसी एशिया ग्रोथ फण्ड २, एक अर्बको मेगा म्युचुअल फण्ड दुई, ८० करोडको लक्ष्मी भ्यालु फण्ड दुई र एक अर्ब २० करोडको एनएमबी हाइब्रिड फण्ड दुई रहेका छन् । साथै एक मात्रै खुलामुखी योजना नविल फ्लेक्सी क्याप फण्डले आवेदन दिएको छ । जसको आकार ७५ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS