IME Life New

एनएमबि लघुवित्तले गर्यो डिजिटल एज नेपालसँग सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यसका लागि कम्पनीले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरे ।

Esewa
Crest

एनएमबि लघुवित्त वित्तीय संस्था एनएमबि बैंकको सहायक कम्पनी हो । कम्पनीले हाल ६८ जिल्लाका विभिन्न स्थानमा १४८ शाखा तथा उपशाखा सञ्चालन गरी करिब १ लाख १९ हजार विपन्न घरपरिवारका सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने डिजिटल एज नेपालबाट विकास गरिएको केवाईसी म्यानेजमेन्ट सिस्टमलगायत प्रोग्राम, एप्लिकेसन, सफ्टवेयर नेपालका सबैजसो बैंक तथा वित्तीय संस्थामा प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS