IME Life New

एनएमबि बैंकद्धारा परासी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेड रामग्राम परासीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मनाउदै आइरहेको ‘ग्लोबल मनि विक–२०२२’ को अवसरमा एनएमएमबि बैंक रामग्राम परासीले रामग्रामस्थित परासी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

एनएमबि बैंक लिमिटेड रामग्राम परासीका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए । उनले बैंकको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, डिजिटल बैकिङ्ग, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा एनएमबि बैंकमा भिडियो कल माफर्त सन्सारभरभाट खाता खोलिने सुबिधा, शेयरब्कारोबार, बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवाको बारे अभिमुखिकरण गरेका थिए ।

Esewa
Crest

कार्यक्रम परासी क्याम्पसका सप्राचार्य गोविन्द न्यौपानेले क्याम्पसका युवा विद्यार्थी एवं शिक्षकर प्राध्यापकहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा हार्दिक कृतज्ञ हुदै कार्यक्रमले बित्त सम्बन्धि कुरा आफुहरुलाइ सिकाएकोमा एनएमबि बैंकको सराहना गरेका थिए ।

कार्यक्रममा बैंकका कर्मचारी डिबि कठयात, चिरञ्जीवी पौडेल, काशिराम डुम्रे, विवेक कुमार चौधरी, अमृत भण्डारीको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS