IME Life New

एनएमबि बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ दशमलव ५० प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तको वासलात र आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू पारित गर्ने (सहायक कम्पनीहरू एनएमबि क्यापिटल लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत वित्तीय विवरणहरू समेत), पारित गरेको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने (हालका लेखापरीक्षक देव एशोसिएट्स र केएमयु एण्ड एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स संयुक्त रूपमा पूनः नियूक्त हुनका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले बोनश शेयर जारी भए पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सोहि बमोजिम बैंकको प्रवन्धपत्रको
दफा ६ (ख) र (ग) मा संशोधन गर्ने, बैकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१) मा संशोधन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाब भएमा सोही बमोजिम गर्न वा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS