IME Life New

एनएमबि बैंकको वार्षिक साधारणभाले खोल्यो अन्य बैंकसँग मर्जरको ढोका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरको ढोका खुला गरेको छ।

बैंकको आज सम्पन्न २८ औँ वार्षिक साधारणसभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरको ढोका खुला गरेको हो। अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न तथा मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सभाले पारित गरेको छ। सो कार्यका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्नका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने, स्वाप रेसियो निर्धारण गर्ने, सोका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन आवश्यक भएमा सो गरी त्यसको अभिलेख गराउनेलगायत सम्पूर्ण कार्य गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ।

Esewa
Crest

बैंकको प्रबन्धपत्र संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशनमा भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले स्वीकृत गरेको छ।

सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना तथा सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ गरी ५ जना सञ्चालक निर्वाचित गरेको छ। सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका साथ लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरण छलफल गरी पारित भएको छ। बैंकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई नगद र बोनस शेयर वितरण नगर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS