IME Life New

एनएमबि बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने भएको छ । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ३० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउने जनाएको छ ।

कम्पनीले हितग्राही खातामा रहेको बैंक खातामा आइतवारदेखि क्रमशः नगद लाभांश पठाउन लागेको हो । हालसम्ममा पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गरापछि मात्र नगद लाभांश रकम बैंक खातामा आउने कम्पनीले जनाएको छ ।

Esewa
Crest

साधारण सभा प्रयोजनको लागि शेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खातामो विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा हुने कम्पनीले जानकारी गराएको छ ।

आफ्नो शेयर अभौतिकरण गराएका तर हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले यथाशिघ्र आफ्नो हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS