IME Life New

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, १००% हकप्रदको अजेन्डासहित एजीएम पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आर्थिक वर्ष २०८०।८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७०० रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ६ करोड ११ लाख ६० हजार ५८५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ३२ लाख १८ हजार ९७८.१६ रुपैयाँ नगद लाभांश रहेको छ।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १२ औँ वार्षिक साधारणसभा (एजीएम) पनि आह्वान गरेको छ। सभा पुस १२ गते काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद ल्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS