IME Life New

एनआईसी र एसबिआई बैंकमार्फत २६ करोड अबैध रुपमा भारत पुग्यो, २० कर्मचारीमाथि मुद्दा दर्ता हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वाधिक चर्चामा रहेको एनआईसी एसिया बैंक र भारतीय लगानीसमेत रहेको एसबीआई बैंकमार्फत २६ करोड रुपैयाँ अबैध रुपमा भारत पुगेको पुरानो घटनामाथि सम्पत्ति शुद्धिकरण विभागले उल्लेखित बैंकका २० भन्दा बढि कर्मचारीमाथि मुद्दा दर्ता प्रक्रिया अघि बढाएको छ । निकै पुरानो फाईलमाथि सम्पत्ति शुद्धिकरण विभागले अघि बढाउँदै मुद्दा दायर गर्ने प्रक्रिया सुरु गरेको हो । १० वर्षभन्दा पुरानो काण्डमा सम्पत्ति शुद्धिकरणले कारवाही अघि बढाएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका कर्मचारीकै मिलेमतोमा २६ करोड रुपैयाँ भारत पुगेको खुलेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एसबीआई बैंक र एनआईसी एसिया बैंकका कर्मचारीमाथि छानविन सुरु गरेको थियो ।

Esewa
Crest

सम्पत्ति शुद्धिकरण विभागका प्रबक्ता बिनोद लामिछानेले भने सिधैं एनआईसी एसिया बैंकमाथि अनुसन्धान भइरहेको कुरा स्वीकार गर्न आनाकानी गरे । उनले इन्स्योरेन्स खवरसँग भने, ‘हाम्रा अनुसन्धान अधिकृतहरुको काम नै बैंक तथा वित्तिय संस्थाको कारोबार अनुसन्धान गर्ने हो, सयौं यस्ता केशहरु आइरहेका हुन्छन्, अनुसन्धान भइरहन्छ, अभियोग लगाई मुद्दा दायर गर्ने अवस्थामा मात्रै टुंगोमा पुग्दछ ।’

सुत्रका अनुसार अनुसन्धानमा संलग्न अधिकारीले एनआईसी एसिया र एसबीआई बैंकका २० भन्दा बढि कर्मचारीको संलग्नता फेला पारेका छन् । उनीहरुलाई कारवाहीको दायरामा ल्याउने तयारीमा विभाग जुटेको छ । विभागले उनीहरुका विरुद्धमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ ।

बैंक ट्रान्सफर गर्ने माध्यम टिटीमार्फत ठूलो रकम भारत पुगेको विषयमा अनुसन्धान गर्दा सबै नक्कली कम्पनी रहेको खुलेपछि विभागले अनुसन्धान सुरु गरेको थियो । अधिकृतका अनुसार बैंकका कर्मचारीहरुले नक्कली कम्पनीबाट भटाभट भारततर्फ रकम पठाएका थिए ।

विभागले नक्क्ली कम्पनी खडा गरी ठूलो मात्रामा रकम विदेश पुगेको खुलेपछि विभागले अन्य कम्पनीहरुबाट समेत टिटीको विवरण मगाएर अनुसन्धान गरिरहेको छ । अन्य कुन कुन बैंकको सम्बन्धमा अनुसन्धान भइरहेको छ भन्ने विषयमा भने विभागले केही बताएका छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS