IME Life New

एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्सको सदस्यमा चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) को सदस्यमा चयन भएको छ । विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि छनोट भएको हो । जसले उनीहरूको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्छ ।

छ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग एकाउन्टिङ फाइनान्सियल उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया९प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ। एकाउन्टिङ फाइनान्सियलसँग पङ्क्तिबद्ध भएर आफ्नो कार्बनको पारदर्शी मूल्याङ्कनमार्फत् वातावरणीय दिगोपनप्रति बैंक प्रतिबद्धता रहेको छ ।

Esewa
Crest

‘विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सर्दै गएकाले, एनआईसी एशिया बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ,’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

एनआईसी एशिया बैंक देशका सबै प्रमुख वित्तीय केन्द्रहरू समेट्ने बृहत् नेटवर्कको साथ नेपालको सबैभन्दा ठूलो बैंकिङ संस्थाहरूमध्ये एक हो। हाल बैंकले ३६० वटा शाखा कार्यालय, ६७१ एटिएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ्ग ईकाई संचालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS