IME Life New

एनआईसी एसियाका ४ वटै म्युचुअल फन्डको घट्यो न्याभ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटै योजनाको कात्तिकमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ। कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्था एनआईसी एसिया क्यापिटल रहेको एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, ग्रोथ फन्ड, सेलेक्ट–३० (इन्डेक्स फन्ड) र डाइनामिक डेप्ट फन्डको असोजको तुलनामा कात्तिकमा न्याभ घटेको हो। यी ४ वटै योजनाको कात्तिकको वित्तीय विवरण आज सार्वजनिक गरिएको छ।

गत असोजमा ब्यालेन्स्ड फन्डको १०.९७ रुपैयाँ न्याभ रहेकोमा कात्तिकमा घटेर ९.९५ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर कात्तिकमा ६२ करोड ८३ लाख रुपैयाँमा झरेको छ। असोजमा कुल लगानी ६३ करोड ३६ लाख रुपैयाँ थियो। गत असोजमा ७५ लाख ५१ हजार रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले कात्तिकमा पनि ८७ लाख ४१ हजार रुपैयाँ घाटा व्यहोरेको छ।

Esewa
Crest

यसैगरी गत असोजमा ग्रोथ फन्डको ११.५० रुपैयाँ न्याभ रहेकोमा कात्तिकमा घटेर १०.३९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर कात्तिकमा ६९ करोड २३ लाख रुपैयाँमा झरेको छ। असोजमा कुल लगानी ७६ करोड ११ लाख रुपैयाँ थियो। गत असोजमा ३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले कात्तिकमा भने २ करोड ७६ लाख रुपैयाँमात्रै कमाउन सफल भएको छ।

गत असोजमा सेलेक्ट–३० को १०.४० रुपैयाँ न्याभ रहेकोमा कात्तिकमा सामान्य घटेर १०.३४ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर कात्तिकमा ४५ करोड ३४ लाख रुपैयाँमा झरेको छ। असोजमा कुल लगानी ५१ करोड २७ लाख रुपैयाँ थियो। गत असोजमा ७ करोड १९ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले कात्तिकमा पनि ७ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

यस्तै गत असोजमा डाइनामिक डेप्ट फन्डको १०.०९ रुपैयाँ न्याभ रहेकोमा कात्तिकमा सामान्य घटेर १०.०८ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर कात्तिकमा ५१ करोड १० लाख रुपैयाँमा झरेको छ। असोजमा कुल लगानी ४९ करोड ८८ लाख रुपैयाँमा सीमित थियो। गत असोजमा १ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले कात्तिकमा पनि ६ लाख ४८ हजार नोक्सानी व्यहोरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS